वीरगन्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो सेमिफाईनल खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ ।
परवानीपुर खेल मैदानमा गोरखा फुटबल क्लब सर्लाहीलाई हराउँदै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गोरखा फुटबल क्लब सर्लाहीलाई १–० गोल अन्तरले पराजित गर्दै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको आयोजक क्लबका बरिस्ठ उपाध्यक्ष उपाध्यक्ष अनिल श्रीवास्तवले जानकारी दिए ।
खेलको म्यान अफ दि म्याच जनकपुर स्पोर्ट क्लब जनकपुरका जर्सी नम्बर १ का गोलकिपर सागर मगरले पाएका थिए ।
उनलाई वीरगन्ज महानगरपालिका वडा नम्बर २१ का वडा अध्यक्ष राधाकृष्ण रौनियारले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए ।
९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए ।
सुरु देखि नै रोमान्चक भएको खेलमा गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।
ट्राइब्रेकरमा पहिलो पटक दुबै टोलि बराबरी गोल गरेका थिए ।
त्यसपछि दुबै टिमका गोलकिपरले पालो पालो गोल हान्नलाई अवसर पाए ।
त्यसमा पहिलो पटक जनकपुर स्पोर्ट क्लब जनकपुरका गोल किपर मगरले गोल गरे । भने गोरखा फुटबल क्लब सर्लाहीका गोलकिपर मिस गरेपछि जनकपुर स्पोर्ट क्लब जनकपुर फाइनलमा प्रवेश गरेको हो ।
यसअघि आयोजक परवानीपुर युथ क्लब परवानीपुरलाई वीरगन्ज युनाइटेड क्लब वीरगन्जले ट्राइब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।
चैत ४ गते शनिबार वीरगन्ज युनाइटेड क्लब वीरगन्ज र जनकपुर स्पोर्ट क्लब जनकपुर बीच फाइनल प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी थिए ।प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।