वीरगन्ज । गुठी संस्थान को ५२ बिगहा जग्गामा अवैध माटो उत्खनन र ठेक्का को दुरुपयोग गर्नेमाथी कडा भन्दा कडा कारवाही गर्ने गुठी संस्थान बीरगन्ज ले जनाएको छ । आइतबार बीरगन्ज महानगर पालिकाले अनुमानि वेगर माटो उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको थियो । अवैध उत्खनन गरेको जग्गा गुठी संस्थान को हो । गुठी संस्थान बीरगन्ज का प्रमुख चुडामणि घिमिरे र बीरगन्ज महानगर पालिका कार्यालय का पदाधिकारीहरुले अबैध उत्खनन भैरहेको जग्गाको सोमबार स्थलगत निरीक्षण गर्नु भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ साविक बगही गाविस वडा न ९ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको स्थानीयले बताए ।
दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुँदा यसले भविष्यमा पुरै गाउँनै जोखिम मा परेका स्थानीय रामाज्ञा राउतले बताउनु हुन्छ ।
अर्को स्थानीय रामाधार प्रसाद पटेलले साविक एलानी पर्ती र गुठी को करीब ५२ बिगहा जग्गामा छठ घाट , श्मशान घाट , गौचन रहेको र अहिले गुठी संस्थानले सो जग्गा बाली लगाउन ठेक्कामा दिएकोमा आफू खुशी माटो कटान गरि प्रती टिपर १ हजार मा दैनिक २ सय टिपर माटो खनन करीव २ महिना देखि गरिरहेको बताउन्छ्न।
गुठी संस्थान बीरगन्ज का कार्यालय प्रमुख चुडामणि घिमिरेले खेती गर्न ठेक्कामा लिएको जग्गाको दुरुपयोग भएको बताउनु हुन्छ । उहाँले करीब ५२ बिगहा जग्गा गुठीको रहेको जसमा माटो कटान गरि गाउँ नै डुवानमा हुने देखिन्छ त्यसैले कडा भन्दा कडा कारवाही गरिने बताउनु भयो ।
नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालकाअनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर महानगरले नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगरस्थित बालमन्दिरको परिसरमा राखेको छ ।