वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण एवम् पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।
शपथ ग्रहण समारोहमा बोल्दै वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति बाबुलाल अग्रवालले वीरगञ्ज तथा यस क्षेत्रले राष्ट्रिय राजस्वमा पु¥याइरहेको योगदानको सापेक्षमा सरकारले जुन घनत्वका साथ यस क्षेत्रको समस्या समाधान गर्नु पर्ने हो सो हुन नसकेको बताउँदै नेपालकै ठूलो औद्योगिक कोरिडोरको रुपमा रहेको वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरलाई भौतिक सुुविधा सम्पन्न बनाउने काम आजसम्म हुन नसकेको तर्फ दुःख व्यक्त गर्नुभयो । प्रमुख अतिथि अग्रवालले मुलुकको वर्तमान आर्थिक अवस्था, बैंक तथा वित्तीय संस्थाको भूमिका, उद्योग व्यापारको अवस्थालाई तत्काल राहत प्रदान गर्ने गरी राज्यका नीति नियम र प्रबद्र्धनात्मक कार्यक्रमहरु शीघ्र घोषणा हुनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवालले यस पर्सा–बारा क्षेत्रको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रले बोकेको आर्थिक महत्व, सम्भावना र चुनौती बारे प्रष्ट पार्नु भएको थियो । उहाँले आफ्नो २ वर्षे अध्यक्षीय कार्यकालमा अघि सार्ने योजना तथा नीतिहरु प्रष्ट पार्नुभयो ।
अध्यक्ष अग्रवालले उद्योग, व्यापार, व्यवसाय, कर, राजस्व, भंसार, स्थानीय विकास, बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित समस्याहरुको समाधानको लागि प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, गभर्नर लगायतका सम्बद्ध निकायहरुसँग बसेर छलफल तथा समस्या समाधानको लागि पहल गरिने बताउनुभयो ।
उहाँले सीमाञ्चल क्षेत्रमा अवस्थित रहेका उद्योग वाणिज्य सङ्घहरुले भोग्नु परिरहेका व्यवहारिक तथा नीतिगत समस्याहरुको पहिचान गरी सोको समाधानका लागि यस सङ्घको नेतृत्वमा सिमाञ्चल क्षेत्रका उद्योग वाणिज्य सङ्घहरुको वृहत भेलाको आयोजन गरी समाधानका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुमा पहल गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले वीरगञ्ज भंसार, आईसिपी, आईसिडीको भौतिक पूर्वाधारमा सुधार, आईसिपी, आईसिडी परिसरभित्र आयातकर्ताहरुले भोग्नु परिरहेको व्यवहारिक कठिनाई, सेवाग्राहीहरुबाट यदाकदा आइरहेका विभिन्न गुनासाहरुको उचित समाधानका लागि सम्बन्धित पक्षसँग छलफल गरी निराकरणका लागि पहल गर्ने बताउँदै उद्योग,व्यापार, व्यवसायको विकासमा बैंक तथा वित्तीय संस्थाहरुको सकारात्मक भूमिका भए पनि पछिल्लो दिनहरुमा बैंकहरुको भूमिका र नेपाल राष्ट्र बैंकको नीति र एक पछि अर्को जारी भइरहेको निर्देशिकाका कारण उद्योग, व्यापार, व्यवसाय सङ्कटग्रस्त हुन पुगेकोप्रति हामी गम्भीर रहेको जानकारी गराउनु भयो ।
उहाँले सेजको सफल संचालन, औद्योगिक सुरक्षा बल, वीरगंजमा ऋऋत्ख् को संचालनका लागि कोषको व्यवस्था, आयकर छुटको सीमामा समयानुकूल परिमार्जन हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी, सांसद प्रभु हजरा, वीणा जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघ–मधेश प्रदेशका पूर्व अध्यक्ष गणेशप्रसाद लाठ, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह लगायतले गुणस्तर उत्पादनलाई बजारीकरण गर्नलाई गर्नुपर्ने चुनौतीको अवस्थामा बैंकको नीतिले निजीक्षेत्र प्रताडित भएको अवस्था रहेकोमा जोड दिएका थिए । कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्र्यसमिति सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत बालमकुन्द खरेलले प्रमाणपत्र वितरण गर्नुका साथै शपथग्रहण गराउनुु भएको थियो ।