बीरगन्ज । बीरगन्ज महानगर पालिकाको समग्र विकास तथा नालामाथीको अतिक्रमण हटाउन बीरगन्ज महानगर पालिकालाई राजनैतिक दलले साथ दिने निर्णय गरेको छ ।
आज महानगर पालिकामा नगर प्रमुख राजेश मान सिंह सित राजनैतिक दलहरुको पदाधिकारीहरुको छलफल पछि बीरगन्ज महानगर पालिकाले समग्र विकास, नाला माथीको अतिक्रमण र सार्वजनिक जग्गा को खोजी एवं संरक्षणमा हामी सबै राजनैतिक दलले महानगरलाई सघाउने निर्णय गरेको नेकपा एमाले बीरगन्ज महानगर कमिटीको सचिव सुन्दर प्रसाद कुर्मीले बताउनु भयो ।
नेपाली काग्रेस बीरगन्ज महानगर समितिको नगर सभापति मणिन्द्र लाल नेपालीले' मेयर साहेवले महानगरले अहिले गरिरहेको गतिविधिबारे जानकारी गराउनु भयो हामीले पनि सुझाव राख्यौ सरसफाइ , अतिक्रमित जग्गाको अतिक्रमण हटाउने , रात्री बजार , सार्वजनिक जग्गा को खोजीमा राजनैतिक दल सित सहयोग र साथको आपेक्षा राख्नु भयो हामी सबै दलले सहकार्य र साथ दिने निर्णय गर्यो ' भन्नुभयो ।
जसपा का नगर अध्यक्ष ईश्वर प्रसाद यादवले नगर प्रमुखले हामी राजनैतिक दलका पदाधिकारी लाई बोलाएर गतिविधिबारे जानकारी दिने र सुझाव लिनु भएको बताउनु भयो ।
नगर प्रमुख राजेश मान सिंहले बीरगन्जको समग्र विकासमा महानगर ले सबै राजनैतिक दल र महानगर वासीको साथ एवं सहयोगको आग्रह गर्नु भएको थियो । आज सम्पन्न राजनैतिक दल सितको छलफलमा नगर प्रमुख राजेश मान सिंह, नेपाली काग्रेस का नगर सभापति मणिन्द्र लाल नेपाली , नेकपा एमाले बीरगन्ज महानगर कमिटी सचिव सुन्दर प्रसाद कुर्मी , जसपा नगर कमिटी अध्यक्ष ईश्वर प्रसाद यादव , नेकपा माओवादी केन्द्र को क्षेत्रीय अध्यक्ष अमिताभ बच्चन दास र जनमत पार्टीका उमा शंकर गुप्ता, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास र स्वकीय सचिव सत्य राज घिमिरे सहभागी थिए ।