वीरगन्ज, ६ चैत : प्रेस चौतारी नेपाल पर्सा शाखाको कार्य समिति बैठक आज सम्पन्न भएको छ । वीरगञ्जको आवाज एफएममा बसेको बैठकले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनका लागी उम्मेदवार बनाउने निर्णय गरेको हो । भोली शनिबार एक कार्यक्रमका बिच होटल रोयल पार्टी प्यालेसमा अगामी २५ गते हुने निर्वाचनका लागी उम्मेदवारीे घोषणा हुने बैठकले निर्णय गरेको हो । बैठकले प्रेस चौतारीका तर्फबाट अध्यक्ष पदका लागी मात्र उम्मेदवारी सार्वजनिक गर्ने प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराले जानकारी दिए । उनका अनुसार नेपाल पत्रकार महासंघको निर्वाचनमा चौतारी कै उम्मेदवारलाई विजयी बनाउनका लागी कुनै पनि कसर बाँकी नराख्ने निर्णय भएको छ । बैठकले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेपछि बिस्तारै सबै पदाधिकारीहरुको उम्मेदवारी घोषणा गर्दै जाने जनाईएको छ । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य राजकुमार गुप्ता, प्रेस काउन्सीलका सदस्य एवं प्रेस चौतारी नेपाल प्रदेश २ का ईन्चार्ज लालबाबु शेख, बरिष्ठ पत्रकार गया यादव ,नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस चौतारी नेपालका पुर्व उपाध्यक्ष महेश दास, केन्द्रिय पार्षद महेश चन्द्र गौतम, ईजाका केन्द्रिय अध्यक्ष बिजय कुशवाहा, प्रेस मञ्चका केन्द्रिय सदस्य त्रिलोकीनाथ यादव, पत्रकार शत्रुघन नेपाल, प्रताप श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का, कोषाध्यक्ष भुषण यादव, सदस्यहरु बिनोद परियार, प्रणय कुमार, जियालाल साह, पुष्पराज शर्मा, पत्रकार कन्हैया गुप्ता, निरन्जन मिश्र, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष जितेन्द्र साह, सचिव संजिव मिश्रा, कोषाध्यक्ष सफल खतिवडा, पत्रकार आंशिक अन्सारी, तिवारी यादव, राकेश साह, आरोहण साह, एसके चौरसीया, सञ्जय साह, राजेन्द्र सिंह, उतम खड्की, हरिशंकर शर्मा, नितेश कर्ण, धर्मेन्द्र चौरसीया, संतोस कुमार पटेल, आनन्द पटेल, ग्यासुमियाँ देवान, मनिता रिजाल, रश्मीराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।