वीरगन्ज । मुक्त हरवाचरवाहरुको पूर्न स्थापन अधिकारका लागि भोलि देखि रैलि निस्किने राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले आज वीरगन्ज स्थित रानिसती मन्दिरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
मुक्त हरवाचरवाहरुको पूर्न स्थापन अधिकारका लागि भोलि ९ बजे विरगंजको घण्टाघर देखि निस्किने रेलीलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सम्बोधन गर्ने त्यस पछि विरगंजको परिक्रमा गरी पर्साको बहुदरमाई नगरपालिकामा कोण सभा हुने राष्ट्रिय हरवाचरवा अधिकार मञ्च केन्द्रिय अध्यक्ष श्री प्रसाद सदाले बताउनु भयो ।
ट्रयाक्टरबाट निस्किने रेली वीरगन्ज हुँदै बहुदरमाई पछि जीतपुरसिमरा हुँदै मधेश प्रदेशको परिक्रमा गरी मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेट्ने कार्यक्रम रहेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका अध्यक्ष सदाले बताउनुभयो ।
हरवाचरवाको नाममा रहेको अनुचित ऋण खारेजी मुक्तिको घोषणा भएकोले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको बजेट सहितको एकिकृत पुनस्र्थापना घोषणा गर्न माग गर्दै यो रेलिको आयोजना गरिएको अध्यक्ष सदाले बताउनुभयो ।
हरवाचरवाको मुक्तिको घोषणा भएकोले यसको पूर्न स्थापन बिना नेपाल सरकारले जतीसुकै राम्रा निती तथा कार्यक्रमहरु ल्याएता पनि त्यसको कार्यान्वयनमा हरवाचरवाले अपनत्व बोध गर्न नसक्ने कार्यक्रम संचालक वृजलाला पासवानले बताउनु भयो ।
हरवाचरवा मुक्ति घोषणा भएकोले यसको पूर्न स्थापन नै यो रेलीको माग भएकोले त्यसलाई तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरे । साथै उनले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको एकिकृत पुनस्र्थापनाका लागि आवश्यक बजेट सहितको कार्यक्रमको ब्यवस्था गर्नुपर्ने कुरामा पासवानले जोड दिए ।
नेपाल सरकारले हरवाचरवा मुक्तिको घोषणा भएकोले यसको पूर्न स्थापन नगरन्जेलसम्म जस्तासुकै निति तथा कार्यक्रम र बजेटको ब्यवस्था भएपनि त्यसलाई स्विकार गर्न नसकिने बरु नेपाल सरकारका कार्यक्रमहरुलाई बहिष्कार गर्न आफुहरु तयार रहेको बताए ।