लहान । सिराहाको लहान -७ मा अवस्थित महाकवि विद्यापति भानुभक्त वाचनालयको शुक्रबार दोस्रोपटक समुदघाटन सम्पन्न गरिएको छ । वाचनालयको दोस्रोपटक उदघाटन गरिएको विषयलाई लिएर स्थानीय जनताहरुद्वारा व्यापक विरोध पर्दर्शनी समेत भएको छ । विरोध नियन्त्रण तथा शान्ति सुरक्षा गर्न इलाका प्रहरी लहान र सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा गरिएको थियो ।
लहान नगरपालिकाका तत्कालीन पुर्व मेयर मुनि साहले महाकवि विद्यापति भानुभक्त वाचनालय उदघाटन गरिएको आज १ ठिक एकवर्ष पूरा भयो ।
वाचनालय उदघाटनकर्ता पुर्व मेयर मुनि साहले उदघाटन गरिएको बोर्ड हटाएर अहिलेको मेयर महेश प्रसाद चौधरीले आफ्नो नामसहितको बोर्ड राखेर उदघाटन गरिएको प्रति यतिबेला चौतर्फी आलोचना भई रहेको छ ।
लहान नगरपालिकाका वर्तमान मेयर महेश प्रसाद चौधरी विकास भन्दा पनि विपक्षसँग प्रतिशोध लिने गरेको स्थानीयहरु बताउँछन्
अरबौंको बजेट ल्याउने लहान नगरपालिका बिना काम र विकास बिनाकै खोलाको पानी जस्तै रकम बहाव भएर गइरहेको अवस्था देखिएको छ ।
यता , लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीका अनुसार - २०७८ चैत २५ गतेमा भएको भानुभक्त वाचनालय नियमसंगत नगरिएको बताएका छन्। मेयर मुनि जहाँ र जतिबेला मनमौजी तरिकाले विकास कामकाजमा ठेस पुगाएको बताउनुभयो ।
हाल सो भानुभक्त वचनालयको भवनमा लहान वडा नम्बर ४, ७, ६, गरि ४ वटा वडाहरु सञ्चालनमा आएको छ।
भानुभक्त वाचनालय - अबको केहीदिन पछि डिजिटल मैत्री पुस्तकालय सहितको बनाउने तयारीमा रहेको मेयर चौधरीले बताउनुभयो ।
यता , समुदघाटकै बेला नेकपा एमाले निकटका नेता तथा कार्यकर्ताहरु महाकवि विद्यापति भानुभक्त वाचनालय अगाडि विरोध पर्दर्शनी गरिएको छ ।
एकपटक उदघाटन भइसकेको वाचनालाई पटकपटक उदघाटन गर्नु नगरको रकम दुरुपयोग मात्रै भएको पर्दर्शनकारीहरुले भनिएको छ।
यो सँगै लहानको २ नम्बर रोड अर्थात सेल्फी रोडमा भ्रष्टाचार भएको चौतर्फी विरोधको चर्चा अहिलेसम्म देखिएको छ।
प्रथम पटक उदघाटनको शिलालेख तोडेर - आफ्नो नामको बोर्ड शिलालेख राखेको प्रति प्रतिपक्षीहरु आन्दोलित बनेका थियो । उनीहरू अनुसार लहान मेयरको एकलवादी प्रणाली भएको भन्दै यस्तो मेयर चाहिदैन् ,लहान बर्बाद हुन पाइदैन भन्ने नारा सहित विरोध पर्दर्शनी गरिएको थियोे ।