कलैया । नेकपा एमाले पोलिटब्युरो सदस्य तथा बारा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुरुषोत्तम पौडेलले जसपाको प्रदेश सरकारले मधेसमा बिकास नगरेर भ्रष्टाचार गरेको बताएका छन । उनले मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादबको संरक्षणमा भष्टाचार भएको दावी गरे ।
बारा क्षेत्र नम्बर २ को लौतनमा आयोजित घरदैलो तथा चुनाबी कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले यस्तो बताएका हुन ।
उम्मेदवार पौडेलले भने जसपाले ५ बर्ष प्रधेस सरकार चलायो,यो क्षेत्रमा सान्सद र बिधायक पनि जसपा कै बने लौतन मधुबन (नयाबस्ती सडक धुलाम्मे छ ,खानेपानीको समस्या छ,क्षेत्र भरिका स्वास्थ केन्द्रमा एकजना बिशेषज्ञ डाक्टर छैनन,शिक्षाको स्थिति कमजोर छ, सरकार भ्रष्टाचार गर्न तल्लिन छ । उम्मेद्वार पौडेलले यसक्षेत्रको समस्या समाधान गर्न आफू आएको बताए ।
कार्यक्रममा पोलिटब्युरो सदस्य अच्युत मैनालीले जनताका काम न गरेका कारण सप्तरीमा उपेन्द्र यादबलाई हराएको र यहापनी बाराबासीले धुलो चटाउने दाबी गरे ।
त्यसैगरी पोलिटब्युरो सदस्य ज्वाला साहले शिबचन्द्र कुशवाहा सधै पार्टी परिबर्तन गर्ने गरेको स्मरण गराउदै यो क्षेत्रमा २०६४ सालमा जितेर जादा पनि कुनै काम न गरेको बताइन ।
प्रमोद चौधरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्दीय सदस्य बलबिर चौधरी ,सरस्वती चौधरी , पलट चौधरी,त्रीलोकि चौधरी ,देव नारायण चौधरी ,मनोज पौडेल लगायतका नेताहरुको उपस्थिति रहेकोे थियो ।