वीरगंज । वीरगंजमा रहेको नेपाल मेडिसिटी वयोधा अस्पतालले उपचारको नाममा आर्थिक शोषण गरिरहेको पिडित अजय चौरसियाले आरोप लगाएका छन । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज बिहान पत्रकार सम्मेलन गरि चौरसियाले सो आरोप लगाएका हुन ।
चौरसियाले मंगलबार राती मोटरसाईकल दुर्घटनमा गम्भिर घाईते भएका धिरज गुरुङ र बिजयी बरैेको उपचारको नाममा अस्पतालले आर्थिक शोषण गरेको आरोप लगाए ।
उनले अस्पतालले उपचारमा लापरवाही समेत गरेको आरोप लगाए । चौरसियाले अस्पतालले दुई दिनमा करिव ५ लाखको बिल बनाएर पिडितलाई थप पिडित बनाएको आरोप लगाए ।
उपचारको नाममा ओपिडि चार्ज,सर्जन चार्ज लगायत बिभिन्न चेकजाँचको बहानामा करिव ५ लाखको बिल बनाएको जानकारी दिए । उनले सो वापत एक लाख पचास हजार भुक्तानी गरिसकेको पत्रकार समेलन मार्फत चौरसियाले जनकारी दिए। अपरेसन गर्ने भनेर पैसा लिएको भएपनि अपरेसन नै नगरी बिरामी ठगेको चौरसियाको दावी थियो ।
बाकी रकम बुझाएर मात्र शव लिन पाउने अस्पतालले अडान लिएको पिडित चौरसियाले दुखेसो पोखे। अस्पतालले चेकजाँचको नाममा शोषण र ब्यापार गरिरहेकोले यस्ता अस्पताललाई कारवही हुनुपर्ने चौरसिायाको माँग थियो ।
उनले भने अस्पताल प्रशासनलाई हारगुहार गर्दा समेत कुनै सुनुवाई नभएको र अस्पतालले हामीले कर्पोरेट हाउस खोलेको जवाफ दिएको गुनासो गरे ।
मंगलबार निजगढबाट सिमरा मोटरसाईकलमा आउने क्रममा धिरज गुरुङ र बिजयी बरै सिमरामा दुर्घटनामा परि गम्भिर घाईते भएको थिए । घाइते बरै र गुरुङको उपचारको क्रममा नारायणी बयोध्या अस्पतालमा दुबै जनाको मृत्यु भएको थियो।
गुरुङको होस् आएको भए पनि अस्पतालको लापरबाहीले उनको मृत्यु भएको र अहिले गुरुङको नाममा ७ लाखको बिल रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा मृत्यका मामा हरिनारायण चौरसियाको समेत उपस्थित रहेको थियो ।