काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा रहने सदस्यको नाम सभामुख देवराज घिमिरेलाई बुझाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाका दश विषयगत समितिमा दलबाट प्रतिनिधित्व गर्ने सदस्यको बुझाएका हुन् ।
उनले बुझाएको सूचीअनुसार संसदीय दलका नेता केपी शर्मा ओललिे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति रोजेका छन् । यो समितिमा ओलीसँगै भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर वैरागीको नाम पठाइएको छ ।
त्यस्तै प्रमुख प्रतिपक्षी दलको सांसद सभापति हुने सार्वजनिक लेखा समितिमा योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मणी राना बराइली परेका छन् । यीनै सांसदमध्यबाट समितिको सभापति चयन हुनेछ ।
अर्थ समितिमा पूर्वअर्थमन्त्रीसमेत रहेका पार्टी उपाध्यक्ष विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर सदस्य बनाउन एमालेले सिफारिस गरेको छ ।
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले कानुन, न्याय तथा मानव अधिकार समिति रोजेका छन् । उनीसँग यो समितिमा महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्माको नाम सिफारिस गरिएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी सिफारिस भएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठ, महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवीको नाम एमालेले सिफारिस गरेको छ ।
पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला ९देवकोटा०, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राईको नाम एमालेले सिफारिस गरेको छ ।