बारा, चैत्र १०
राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धि पत्रकारहरु सङ्गको १ दिने अन्तरक्रिया सम्पन्न भएको छ । पर्सा जिल्लाबाट शुरु गरिएको हातिपाईले अभियान ६३ जिल्लामा सम्पन्न भईसकेको छ । प्रदेश २ को केवल बारामा मात्र यो अभियान चलिरहेको फोकल पर्सन शंकर गुप्ताले जनाएका छन् । आम औषधि सेवन अभियानमा २ बर्ष माथि उमेरकाहरु, गर्भवती महिला,७ दिन भित्रको सुत्केरी,ओछ्यानमा रहेका सिकिस्त बिरामी बाहेक सबैले औषधि खानु पर्ने गुप्ताले बताएका छन् । यो बर्ष कसैलाई हातमा औषधि नदिएर स्वास्थकर्मी आफैले खुवाउने अभियान रहेको कार्यक्रमका प्रदेश फोकल पर्सन अमजद मिकरानिले बताउनु भयो ।
क्युलेक्स ब्याक्टेरियाका कारण हुने हातिपाईले रोग ज्यादै नराम्रो सरुवा रोग भएको जानकारी गराइएको छ। यो रोगले अशक्त,असमर्थ तथा अपाङ्ग सम्म बनाउछ । यो रोगको लक्षण केही बर्ष पछि मात्र देखा पर्ने र त्यसपछी निको नहुने जनाएका छन् । यो अभियान चैत २० गते देखि बारामा सन्चालन हुने जानकारी गराइएको छ ।खाली पेटमा यो औषधि खान नहुने साथै औषढि खाए कोइ कसैलाई सामान्य टाउको दुख्ने,वाक्वाकी लाग्ने वा पेट दुख्ने लक्षण देखिन सक्ने र त्यसो भए औषधिले काम गरेको समेत बुझ्न र खुशी हुनुपर्ने मिकरानीले बताए ।
देशको झापा, धनकुटा, मोरङ्ग, बारा, लमजुङ्ग, पर्वत,बाग्लुङ,कपिलवस्तु ,दाङ्ग,बाके,बर्दिया र कैलालीमा यो अभियान चलिरहेको मिकरानिले बताए । बारामा यो बर्ष १२ जना नया हातिपाईलेको केश फेला परेको जनाइएको छ । बाराको महागढिमाई नगरपालिकाको वडा नम्बर २ र ५ मा गरि सो नया केस भेटिएको हो । सेम्पलिङ्ग्मा बाराको देवताल गाउपालिका र महागढिमाई नगरपालिकालाई राखेर जाच्दा महागढिमाईमा मात्र नया केश देखिएको हो । जिल्ला जन स्वास्थ्य कार्यालय बाराको निमित प्रमुख रामनरेश यादवको अध्यक्षता तथा बरिस्ठ पत्रकार सत्य प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा जिल्लाका अधिकांश सन्चारमिहरुको उपस्थिति रहेको थियो ।