वीरगन्ज । पर्साका संचारकर्मीहरुको अवस्था , चुनौती र समस्या बिषयक अन्तरकृया कार्यक्रम नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न भएको छ ।
बौद्धिक प्रतिष्ठान केन्द्र जनकपुरको आयोजना तथा नेपाल पत्रकार महासंघ पर्सा शाखाको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरकृयाको सहजकर्ता नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष संजिव मिश्राले नेपाली पत्रकारीताको विद्यमान समस्या र संभावनाका बारेमा चर्चा गरेका थिए ।
पत्रकारीताको परम्परागत शैलीलाई बदल्नु पर्नेमा जोड दिए । आगामी दिनमा प्रतिश्पर्धा अझ कडा हुने बताउदै उनले खोज पत्रकारीतामा जोड दिए ।
अर्का सहजकर्ता माई टिभि संचालक शैलेश कुशवाहाले सरकारले लिने वार्षिक रूपमा रोयाल्टी नलिने तथा विद्युत महसुलको दररेट संचामाध्यमहरुको लागि कम हुनु पर्ने जस्ता समस्या राख्नु भएको थियो । देशमा आर्थिक संकट भएको बेला झन् हामी सञ्चारकर्मीहरुले संकटमा परेको हुनाले प्रदेश सरकार र केन्द्र सरकारले हामी माथि लगाएको कर तथा विभिन्न वहानामा लिने शुल्क मिनाह हुनु पर्नेमा कुशवाहाले जोड दिनु भएका थियो साथै स्थानीय स्तरमा पत्रकारीताको अवस्थाबारे चित्रण गरेका थिए ।
कृयाशील सञ्चारकर्मीको उपस्थितिमा आयोजित कार्यक्रममा पत्रकार अशोक तिवारी , आंशिक अन्सारी , सन्तोष पटेल , प्रणय साह लगायतले मन्तव्य सहित पत्रकारिता क्षेत्रमा भएको समस्या राखेका थिए ।
कार्यक्रममा बौद्धिक प्रतिष्ठान केन्द्र जनकपुरका अध्यक्ष विष्णु कुवँरले पर्साका पत्रकारहरुको अवस्था र समस्या सुनी सम्बधित निकाय सम्म पुर्याई समाधानको पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का , महिला उपाध्यक्ष शुष्मा शर्मा , बरिष्ठ पत्रकार महेशचन्द्र गौतम , किरण सत्याल , कृष्णा कुशवाहा लगायतको उपस्थिति रहेको थियो ।