वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. २ गादी स्थित रहेको शिवम् लेयर्स फार्म प्रा.लि.को कारण हजारौं परिवार महामारीको शिकार बनेका छन् । कुखुराको अण्डा उत्पादन गर्ने उद्योगमा भइरहेको चरम लापरवाहीले गर्दा त्यस क्षेत्रका २ हजार भन्दा बढि घरधुरी परिवार विभिन्न रोगको महामारीको शिकार बनेका हुन् । उक्त उद्योगले कुखुराको दिशा र मरेका कुखुराको उचित व्यवस्थापन नगर्दा त्यस क्षेत्रका स्थानीयहरु झिँगाको प्रकोपबाट बढि प्रभावित भएका छन् । विहानदेखि रातिसम्म झिँगाले स्थानीयलाई प्रभावित पारि रहेका हुन्छन् नै, त्यसमाथि विभिन्न प्रकारको रोगको महामारी नै फैलाएको छ ।
शिवम लेयर्श फार्मले वैशाख १५ गते भित्र दुर्गन्धको समस्या समाधान गर्ने सम्झौता गरेपनि अहिले सम्म दुर्गन्ध मेटाउने कुनै कार्य नगरेको स्थानियहरुले बताएका छन । शिवम लेयर्श फार्मको फोहोर र दुर्गन्धले हामीलाई बाँच्न खान बस्न समेत अफ्ठयारो भएको उनीहरुले बताएका छन ।
पालिका प्रमुख , उपप्रपुख , वडा अध्यक्षहरु लगायत जति नेता आएपनि मात्र हामीलाई आश्वासन दिए कि यो समस्यालाई हामीले गहन रूपमा लिएका छौ चाँडै समधान हुने भने पनि हाल सम्म त्यो कुरा भनेको भनाई मात्र रहयो केही परिवर्तन देखिएन ।
स्थानिय लालपती देवीले शिवम् लेयर्स फार्मको दुर्गन्धको आतंकले अब हामीलाई बाँच्न समेत कठिन भएको बताइन् । हामीले त्यो दुर्गन्ध विरुद्ध आवाज उठाउँदा त्यो फ्याक्ट्रीमा पुग्दा त्यहाँ उपस्थित प्रहरी प्रशासनले उल्टै हामीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउने र थुन्ने लगायतको डर त्रास देखाई हामीलाई लखेट्ने जस्तो गरेको उनले बताइन् ।
अर्को स्थानिय महिला रामपरी देवीले यो फ्याक्ट्रीले हामीलाई बिरामी मात्र नबनाई हाम्रो सम्बन्ध पनि तोड्ने गरेको बताइन् । उनका अनुसार उनीकहाँ विवाहको लागि आउने पाहुनाहरु पनि दुर्गन्धका कारण आफ्नो छोरा छोरीको बिहे नगर्ने भनी जाने गरेको बताइन् । यसको दुर्गन्धले हाम्रो खेतिबारीमा समेत ठूलो असर पर्ने गरेकोले हामीले बारम्बार फ्याक्ट्री र प्रशासनलाई गुहार गरेपनि कुनै कार्यवाही नहुँदा अब हामीले यसको विरुद्ध सशक्त रुपमा लाग्ने बताइन् ।
हामीले गाउँपालिका प्रमुख कहाँ जाँदा मैले केही गर्न नमिल्ने र त्यसको कुखुरालाई नोक्सानी भएमा तपाईंहरूले जरिवाना तिर्नु पर्ने जस्ता डर त्रास दिने तर हामी त्यस फ्याक्ट्रीका कारण मर्न लागेको उहाँले देख्नु भएन ।
२०७६ सालदेखि हामीले निरन्तर फ्याक्ट्रीको दुर्गन्ध विरुद्ध लागेको र स्थानिय तहबाट केही पहल भएपनि कुनै फाइदा नभएको र अहिले सम्म पनि शिवम् लेयर्ष फार्म तर्फबाट मात्र १० दिन १५ दिनमा समस्या समाधान हुने पटक पटक भन्दा पनि ४ साल बितिसक्दा अहिले सम्म कुनै कदम नचालेकोले अब यो फ्याक्ट्री नै बन्द गर्नु पर्ने स्थानिय नौसाद आलमले बताए ।
स्थानिय एकबाल सहनीले खाना समेत पकाउँदा खाँदा झुल लगाउनु पर्ने दुःखोसे पोखे । फ्याक्ट्री नजिक मेरो २० कठ्ठा खेती योग्य जग्गा रहेकोमा २० वटा फलफूलको रुख लगाएको भएपनि त्यसमा झिँगाको कारण केही नहुने बताए । धानबाली पनि नहुने र हामीलाई भुके मर्ने आस्थाको सृजना गर्दै छ यो फ्याक्ट्रीले ।
यो फ्याक्ट्रीले मानव अधिकारको पनि हनन गरी हामीलाई मर्ने उदेश्यले यो शिवम् लेयार्श फार्म सञ्चालनमा आएको छ । जति नेता आएपनि अवस्था त्यहीको त्यही छ भने स्थानिय सुरेन्द्र ठाकुरले बताए ।
यो फ्याक्ट्रीले हामीहरूको सिंचाईको लागि आएको खोला समेत खब्जा गरी माटो पूरी आफ्नो अधीनमा लिएको स्थानिय सुनिल गिरीले बताए । सुरु देखि नै हाम्रो मांग यसको निराकरण गर्नु पर्ने भए पनि हाल सम्म केही नभएकोले अब हामीलाई निराकरण होइन यो फ्याक्ट्री नै बन्द गर्नु पर्ने बताए । हाम्रो समुदायलाई दालको उद्योग बनाउने भनी सबैसँग मन्जुरी लिई कुखुराको फार्म खोलेको बताए । अब यो फ्याक्ट्री बन्द गरी बरु अर्को फ्याक्ट्री उहाँले संचालन गरु हामी हाम्रो सम्पूणर् जनसमुदायले श्रमदान गरी उहाँको फ्याक्ट्री संचालनमा ल्याइने उनले बताए ।
प्रदेश सभा सदस्य प्रमोद जैसवालले यो फ्याक्ट्रीको दुर्गन्धले र यहाँको बासिन्दाको स्वास्थ्यसँग भएको खेलवादको विरुद्ध कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता गरे ।
वीरगंजका चर्चित व्यापारी शिवजी कलवारले संचालन गर्दै आएको उक्त उद्योगले फैलाएको दुर्गन्धबाट वरिपरि करिब ५ देखि ७ किलोमिटर वरिपरिका बासिन्दाहरु दुर्गन्ध एवं झिँगाबाट बढि प्रभावित छन् । दैनिकी जीवनको सबै प्रकारको कार्यमा झिँगाले प्रभावित पारेको छ । खाना पकाउँदा खानामा झिँगा पर्ने, खाना खाँदा झिँगा पर्ने, बालबालिकाहरु केही खाना खाँदा झिँगा अल्झिएको खाना खाने, नाक मुख जीउ भरि नै झिँगै झिँगा भन्कि रहने जस्ता समस्याले उद्योग वरिपरि क्षेत्र रहेका बस्तीका १० हजार भन्दा बढि सर्वसाधारण प्रभावित बनेको स्थानीयहरुको भनाई छ । उद्योग संचालनको बखत दाल उद्योग संचालन हुने र स्थानीयहरुलाई जागिर दिने प्रलोभन देखाई संचालन भएको उद्योगले फैलाई रहेको दुर्गन्धको मार स्थानीयहरु विगत ५ वर्षदेखि झेल्दै आइ रहेका छन् । उद्योग स्थापनाको बखत सर्वसाधारणलाई मात्रै होइन, जनप्रतिनिधिलाई पनि झुक्याइएको छ, दाल उद्योगको नाममा पशुजन्य पदार्थ उत्पादन गर्ने उद्योग संचालन गरिएको छ ।
पालिका आफ्नो व्यक्तिगत नभई सबैको भएकोले हामी सम्पूर्ण जनप्रतिनिधिहरु बोर्डको बैठक राखी फ्याक्ट्रीको दुर्गन्ध नियंत्रण ठोस कदम उठाने तयारी गरिसकेका छौं । कानुनी बाध्यताका कारण अलि ढिलो भएको हो हामी माथि कुनै संका उपशंका नगर्न र चाँडै नै यो समस्या समाधान हुने गाउँपालिका प्रमुख दिनेश कुमार चौधरीले बताउनु भयो ।
नेपालको एक नम्बर फार्म मैले बनाएको हुनाले अहिले फार्म बाट दुर्गन्ध हैन् सुगन्ध आउन थालेको छ । घरको भान्छा कोठा जस्तै सुगन्ध आउने खालको व्यवस्था गरिएको फार्म सञ्चालन शिवजी कलवारले बताए । पहिला ६ महिनामा सफाई हुने गर्थ्यो त्यही भएर दुर्गन्ध र झिंगा आउने गर्थ्यो तर अहिले प्रत्येक दिन सफाई हुने गरेको छ त्यसैले अहिले दुर्गन्ध होइन सुगन्ध आउन थालेको छ
।