वीरगन्ज । पर्साको सदरमुकाम वीरगंजवाट करिब १२ किलोमिटरको दुरीमा रहेको ग्रामीण भेगका नाका प्रसौनीवाट व्यापक रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
शान्ति सुरक्षाका साथ साथै अवैध कारोवार प्रति नेपाल प्रहरीको फितलो काम कारवाहीले गर्दा पर्सा जिल्लाको प्रसौनीभाठ्ठा सीमा नाका तस्करहरुको सम्राज्यले गन्हाउन थालेको छ । सीमा नाका हुदै हुने अवैध कृयाकलापबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मोटो रकमको नजराना बुझन थालेपछि सीमा नाकाहरुमा बढ्दै गएको तस्करहरुको सम्राज्यले गन्हाउन थालिएको हो ।
सीमा नाकाहरुमा तस्करी गर्ने गिरोहहरु सलबलाएका छन । कारण हो, सशस्त्र प्रहरी र नेपाल प्रहरी आर्थिक तिर आकर्षित हुनु । शान्ति सुरक्षाको जिम्मेवारी पाएका नेपाल प्रहरी आर्थिक कारोवार तिर प्रलोभित हुन थालेपछि प्रसौनीभाठ्ठाको सीमा नाका हुदै दैनिक भैंसी राँगा , पेष्ट , पोन्डस क्रिम , कपडा, हार्डवेयर लगायतको सामानहरू नेपाल भित्रिन थालेको छ । ठुला वडा तस्कर समुहले कपडा तस्करीको लाइन वापत नेपाल प्रहरीलाई मोटो रकमको नजराना बुझाएकै कारण कपडाको नाममा भैंसी राँगा , किराना लगायतको सामानहरू भारतको भेलाहीबाट मुशाहरवा हुँदै प्रसौनी भित्रिने र प्रसौनीबाट अवैध घरेलु तयारी मदिरा भारततर्फ खुल्याम भित्रयाउन थालेका हुन ।
रातभरी तस्करहरुले प्रसौनी र हाँस्वाको बीचमा पर्ने धुताहा खोलाको किनार हुँदै दैनिक लत्ताकपडा, हाडयेवर , जुत्ता चप्पल र गाई, भैसीको, कुखुराको चल्ला र नेपालवाट भारततर्फ कबाड , घरेलु मदिरा , डाबरको पेस्ट , र कास्मिटिक सामानहरुको तस्करी भईरहेको नाम नछाप्ने सर्तमा एक स्थानियले बताएका छन् ।
सशस्त्र प्रहरी बल प्रसौनी भाठाका प्रमुख प्रकाश थापाले तस्करी नभएको जिकिर गरे ।
यसरीनै अफ्नो संगठनको निर्देशन विपरीत तस्करीको लाईन सुचारु गराउदै आएका बिपीपतीहरु माथि सम्बन्धित निकायको ध्यान जान यतिनै अवशयक देखिएको छ।