वीरगञ्ज । नेपाल कम्नियुष्ठ पार्टी (एमाले) का सांसद् राजकुमार गुप्ताले यो नीति तथा कार्यक्रमले देश र नेपाली आम जनताको कल्याण नहुने बताएका छन् ।
सोमबार बसेको प्रतिनीधि सभाको बैठककाे विशेष समयमा बोल्दै सांसद् गुप्ताले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनताको भलो नहुने तर पनि सत्ता पक्षका नेताहरुले आफ्नो सत्ता जोगाउन यसको बचाउमा लाग्नु भएको भन्दै आपत्ती जनाए ।
यो नीति तथा कार्यक्रममा हेटौंडा कपडा उद्योग लगायत केही बन्द उद्योगहरु सञ्चालन गर्न विषय आएपनि मधेश प्रदेशको वीरगन्ज स्थित रहेको देश कै जेठो कारखाना वीरगन्ज चिनिमिल कारखानालाई यो नीति तथा कार्यक्रमले छुटाएको भन्दै सांसद गुप्ताले आपत्ती जनाउँदै यही बजेटमा चीनी कारखाना संचालन गर्न सरकारको ध्यााकर्षण गराए ।
नीति तथा कार्यक्रमले नेपाली जनताको लागि कतैबाट हेर्दा उपयोगी छैन । मुलुकको अर्थतन्त्र खस्किदो अवस्थामा छ , स्पष्ट भन्नु पर्दा देशको ३५ प्रतिशत सटरहरु खाली भइसके सटरका साहुहरु घरपेटीलाई संचो बुझाई सके र यो मुलुक कै ४० प्रतिशत उद्योग कारखानाहरु बन्द भइसके अवस्थामा पनि यो नीति तथा कार्यक्रममा त्यता तिर ध्यान पुगेको छैन भने उनले बताए ।
देश कै मेरुदण्डको रुपमा रहेको व्यापरीलाई यो नीति तथा कार्यक्रमले समेटेको छैन । यो देशमा किसानको हालत हेरम कृषि प्रधान देशको किसानहरूको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । कृषि संस्थामा दिन भरी लाईनमा बसी साँझ मल नपाउने अवस्था किसानहरु भोगी रहेका छन् । त्यहाँ प्रहरी प्रशासनहरुले दण्डा चलाएर घर भगाउने अवस्था देखेको सांसद गुप्ताले बताए ।
किसानहरु मल नपाउँदा सिमावर्ती भारतीय बजारमा जान्छन् त्यहाँको भारतीय प्रहरीबाट कुटाई खाएर मल लिएर आउँछन् यता नेपाली प्रहरीले नेपालको राजश्व गुम्यो भनेर कुट्दै मल जप्त गर्ने यी हाम्रो कृषि प्रधान देशमा किसानहरूको समस्या हो तर यो नीति तथा कार्यक्रमले यो कुरा समेटेको छैन भन्ने उनले आपत्ति जनाए ।
बैंकहरु मोटाउँदै छन् व्यावसायी र किसानहरु दुब्लाउँदै छन् बैंकहरुको कमाइ हेर्नु हुन्छ भने हामी विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सुन्छम एउटा बैंकहरुले ४५ अर्ब ५० अर्ब नाफा कमाई रहेका छन् तर देशको किसानहरूको व्यावसायीहरु त झन उद्योग धन्दा बन्द गरेर यहाँबाट पलायन भइरहेका छन् यता तिर पनि नीति तथा कार्यक्रमको ध्यान पुगोस भने उनले बताए ।
म जहाँबाट प्रतिनिधित्व गर्छु त्यो पर्सा जिल्लाको अत्यन्तै ग्रामीण भेग हो जिल्ला कै बिच सेन्टरमा भएको पोखरिया नगरपालिका त्यहाँ एउटा मात्र सरकारी अस्पताल छ । त्यो सरकारी अस्पताल प्रभावकारी छैन त्यहाँ बजेटको अभाव छ दक्ष जनशक्तिको अभाव छ । त्यो पोखरिया अस्पताललाई आधुनिक अस्पताल बनाउन म सरकारको ध्यााकर्षण गराउन चाहन्छु भने सांसद गुप्ताले बताए ।