मौलापुर । ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटको एरियाबाट एकै दिन पाँचवटा मोटरसाईकल चोरी हुदा समेत खोजविनमा प्रहरीले उदासिन्ता देखाएको छ ।
ईलाका प्रहरी कार्यालय मौलापुरको कार्यालय छेउमै रहेको बद्री मार्केटबाट गएको ४ गतेको राती ३ वटा र मौलापुर बजार क्षेत्रबाट २ वटा मोटरसाईकल चोरी भएको पिडितले बताएका छन ।
प्रहरी कार्यालय छेउमै रहेको बद्री मार्केटको दोस्रो तल्लामा ईप्रका प्रमुख प्रहरी निरीक्षक नन्दकिशोर चौहान कोठा लिएर बसेकाछन तर उनी बस्ने कोठाको भुईतल्लाबाट रातीको २ बजे मोटरसाईकल चोरी हुदा समेत न ईन्सपेक्टर चौहानले चाल पाए न छेउमै रहेको ईप्रकाको प्रहरीले थाहा पाए ।
चोरहरुको समुहले प्रहरीलाई चुनौती दिदै प्रहरीको नाकै मुनीबाट मोटरसाईकल चोरी गरेको एक साता वितेपनि त्यसको खोजविनमा प्रहरीले खासै चासो नलिएको पिडितले गुनासो पोखेका छन ।
चोरहरुले मोटरसाईकल चोरी गरेर भाग्ने क्रममा तेल सकिएपछि मधेश प्रदेश—०४—००१प ३७७५ नम्बरको एफजेड र एउटा डिस्कभर १२५ सिसीको गरी २ वटा मोटरसाईकल छाडेर भागेका थिए तर उनिहरुले लगेको प्र—२—०३—०१७प ७४७५, प्र—२—०३—०१७प २८६२ र एउटा पल्सर मोटरसाईकल गरी ३ वटा मोटरसाईकलको अहिले सम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।
सिसीटिभी फुटेजको आधारमा प्रहरीले ५ जना चोरहरुलाई पनि पक्राउ गरेको छ तर मोटरसाईकल चोर्ने मुख्य चोरहरुको हुलिया ठेगाना समेत पक्राउ परेका चोरहरुले जानकारी गराउदा समेत मोटरसाईकल चोरहरुलाई पक्राउ गर्न प्रहरीले चासो देखाएको छैन ।
चोरहरु मध्येको मौलापुरको स्थानीय बजारका समेत रहेका र केही जना सर्लाहीको रहेको प्रहरी निरीक्षक चौहानलाई जानकारी गराउदा समेत मोटरसाईकल खोजतलाशको लागी उतसुक्ता नदेखाउनु शंकाको विषय बनेको छ ।
यस सम्बन्धमा जानकारी लिन प्रहरी निरीक्षक नन्दकिशोर चौहानको मोबाईल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।