वीरगन्ज । पर्साको पकाहाँमैनपुर गाउँपालिकामा भ्रष्टचार बढेको भन्दै युवाहरुले पालिकाको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएका छन् ।
स्थानिय युवा राजन साहको नेतृत्वमा गएको टोलीले बिहीबार पकाहाँमैनपुर गाउँपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत सुधांशु शेखर प्रसादलाई १४ बुन्दै ज्ञापन पत्र बुझाइएको हो ।
१ पालिकाले चालू आर्थिक वर्षमा कुन ऐन अनुसार के कति कर्मचारी नियुक्त गरेको तथा उहाँहरुले हेर्ने फाँट सहित उहाँहरुको सेवा सुविधा बारे विवरण उपलबध गराउने
२ पालिकामा दुइटा शौचालय हुँदा हुँदै फेरि अर्को शौचालय बनाउनुको अर्थ के रहेको र कुन शीर्षक तथा निणर्यले निर्माण भइरहेको विवरण उपलब्ध गराउने
३ देश आर्थिक संकट भएको बेला कल्बको भवनमा पर्खाल निर्माण किन गर्नु पर्यो
४ पालिकाले के कुन शीर्षक र कुन कुन महिनामा के कति इन्धन खर्च गरेको विवरण
५ पालिकाले चालू आर्थिक वर्षमा सूचना तथा सञ्चारमा खर्च गरेको विवरण
६ जिन्सी शाखाबाट के कति सामान खरिद वितरण तथा बाँकी रहेको जिन्सी मौज्दातको विवरण संख्यात्मक तथा व्याख्यात्मक
७ सामुदायीक विद्यालयमा वितरण हुने दिवा खाजा तथा विद्यार्थी संख्या विवरण
८ पालिकामा प्राविधिक हुँदा हुँदै पनि बाहिरबाट अर्को प्राविधिक ल्याएर काम किन गराउनु पर्यो
९ जेसीबीको खर्च र आम्दानी बारे ,
१० पालिकाको विभिन्न गाउँको बाटोमा भएको ग्रेवल तथा बाटो मर्मतको खर्च विवरण
११ हिउँदै गाउँसभा पश्चात रेड्बुक किन सार्वजनिक गरिएन र गाउँसभाबाट पारित योजना मध्ये कतिको कार्य आदेश भएको/नभएको वा कार्य सम्पन्न भएको विवरण
१२ प्रदेश सरकार तथा संघिय सरकारको योजनाहरुको कतिको कार्य आदेश भएको/नभएको विवरण
१३ पालिकाको कार्यालय हुँदा हुँदै पनि वीरगन्जमा सम्पर्क कार्यालयको नाममा सम्पूर्ण आर्थिक कारोबार लेखाको कार्य गर्नुको औचित्य तथा आवश्यकता
१४ पालिका अन्तर्गत खरिद तथा योजना मात्र बजेट राखी पालिकाबाट प्रदान गरिने सेवाका लागि कार्यालयहरुको सुढीकरणमा ध्यान नदिनु किन भने कुरा ज्ञापन पत्रमा माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै निमित प्रमुख प्रशासकिय अधिकृत सुधांशु शेखर प्रसादले हामीले सक्ने खालको सूचना दिने सबै सूचना दिन मिल्दैन भने बताए । साथै अहिले प्रमुुख प्रशासकिय अधिकृत राज कुशवाहा काम विशेषले बाहिर जानु भएकोले उहाँ आएपछि हामी एक आपसमा बसी राय सल्लाह गरी दिने खालको सूचना दिने बताए ।
यता हाम्रो मांग सम्बोधन नभए हामीले चाँडै भेला गरी पालिका विरुद्ध आन्दोलन गर्ने र पालिकामा तालाबन्दी गर्ने चेतावनी युवाहरुले दिएका छन् ।