वीरगञ्ज । नेपाल कुशवाहा कल्याण समाजको पर्सा जिल्ला कार्य समिति ,बुद्धिजीवी सेवा समाज र विद्यार्थी समिति चयन गरेको छ।
शनिबार नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्य समिति पर्साको छैठौ जिल्ला अधिवेशन ओम पार्टी प्यालेस, विरगन्जमा सम्पन्न भएको हो ।
यस जिल्ला अधिवेशन बाट २५ सदस्यको नयाँ जिल्ला कार्य समिति प्रमोद प्रसाद कुशवाहाको अध्यक्षतामा सर्वसहमतिले चयन गरिएको हो। यो कार्यक्रम पर्सा जिल्ला अध्यक्ष रामदरस प्रसाद कुशवाहाको अध्यक्षतामा आयोजना गरी कार्यक्रमको प्रमुख अतिथि नेपाल कुशवाहा कल्याण समाजको केन्द्रीय अध्यक्ष तपेश्वर महतो को उपस्थितिमा समापन गरिएको हो। साथै कार्यक्रमको विशिष्ट अतिथिमा पूर्व सभासद् रामचन्द्र प्यासी कुशवाहा, शिवचन्द्र कुशवाहा, कुशवाहा बुद्धिजीवी समाजको केन्द्रीय अध्यक्ष देवनारायण महतो,नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको केन्द्रीय अध्यक्ष मुकेश महतो लगायतको सहभागिता रहेको थियो।
सो कार्यक्रममा कुशवाहा समाजका डाक्टर, इन्जिनियर, जनप्रतिनिधि, व्यापारी, शिक्षक एवम् शिक्षिका , निजामती कर्मचारी, समाजसेवी जस्ता थुप्रै क्षेत्रहरूमा कार्यरत रहेका व्यक्तिहरू लाई सम्मान पत्र प्रदान गरी सम्मानित गरिएको हो । साथै यस अधिवेशन बाट १३ नयाँ सदसिय को कुशवाहा बुधिविजी सेवा समाज र २१ नयाँ सदसियको नेपाल कुशवाहा विद्यार्थी कल्याणको जिल्ला समिति चयन गरी प्रमाण पत्र दिएको हो।
त्यस्तै नेपाल कुशवाहा कल्याण समाजको पर्सा जिल्ला समितिको अध्यक्षमा प्रमोद कुशवाहा , उपाध्यक्षमा अरुण कुमार कुशवाहा, सचिवमा मनोज कुशवाहा, सह- सचिवमा अनिल कुशवाहा र कोषाध्यक्षमा कृष्णा प्रसाद मेहता लाई चयन गरिएको हो भने कुशवाहा बुद्धिजीवी सेवा समाज ,पर्सा जिल्लाको कार्य समितिको अध्यक्ष सुरेश कुशवाहा , उपाध्यक्ष निधि कुशवाहा, सन्दिप कुशवाहा सचिव विजय कुशवाहा स-सचिव अनिल कुशवाहा र कोषाध्यक्ष ई. श्याम कुशवाहा लाई चयन गरिएको हो। त्यस्तै नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला कार्य समितिमा पर्सा जिल्लाको जिल्ला अध्यक्षमा राजबाबु मेहता, उपाध्यक्ष राज कुशवाहा र लछुमन कुशवाहा, सचिवमा बिनय कुमार कुशवाहा, स.सचिव रवि कुशवाहा , कोषाध्यक्षमा जयन्ती मेहतालाई चयन गरिएको हो।