वीरगन्ज । पर्साको बिन्दबासिनी गाउँपालिका घर भएकी कविता कुमारी हर्जनलाई घर मै बस्न व्यवस्था मिलाइएको पालिका प्रमुख प्रमोद तिवारीले बताए ।
आज भन्दा ३ वर्ष अघि बुवाआमाले गाली ग्लोग गरी कुटपिट गरेको भन्दै कविता घर छोडेर भागेका थिइन् । बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवा टोलमा जन्मेकी कविता १४ वर्षकी हुँदा घर छोडेर भागेका थिइन् ।
आमा ललिता देवी , बाबु मिरा माहराकी छोरी कविता महारा हर्जन ३ वर्ष पछि घर फर्किंदा बुवा आमाले विभिन्न बहाना बनाई घरमा बसाउन मानेका थिएन । घरमा बस्न नपाए पछि उनी गाउँपालिकाको कार्यालय बहुवार्व भाठ्ठा पुगी आफ्नो कुरा पालिका प्रमुख तिवारीलाई सुनाएका थिइन् ।
कुराको जानकारी पाए लगत्तै पालिका प्रमुख तिवारीले इलाका प्रहरी कार्यालय पोखरीया र स्थानिय प्रहरी चौकी अमरपट्टीको सहयोगमा उनको आमाबुवालाई पालिकामा ल्याई सम्झाई बुझाई छोरीलाई उनको जिम्मा लगाई घरमा बस्न व्यवस्था मिलाउनु भएको थियो ।
पालिकाकै कार्यालयमा इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी , प्रहरी चौकी अमरपट्टीका बरिष्ठ सई हरी चौहान , छोराछोरी नेपाल संस्थाका कर्मचारी , पत्रकार लगायतको उपस्थिति उनको परिवारलाई जिम्मा लगाइएको थियो ।
उनी १४ वर्षको उमेरमा घर छोडेर छिमेकी मुलक भारतको गोरखपुरस्थित बालआश्रम पुगिन् त्यहाँ पुगेको ६ महिना बित्न लाग्दा भारतीय संस्था मार्फत नेपालको काठमाडौं स्थित छोराछोरी नेपाल आश्रममा बस्दै आएका थिइन् ।
घर बस्न व्यवस्था मिलाइएको भन्दै कविताले पालिका प्रमुख तिवारीसहित सहयोगी सम्पूर्ण हातहरुलाई धन्यबाद दिदै खुसी भएर घर गइन् ।