काठमाडौं । नेकपा एमालेले प्रदेशदेखि वडासम्म अधिवेशन गर्ने निर्णयसहित समयसीमा तोकेको छ । केन्द्रीय सचिवालयले बिशेष निर्णय गर्दै प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीको अधिवेशनको मिति तोकेको हो ।
बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशनको बुदा नम्बर २ को काम गर्नेलाई ‘प्रोत्साहन’ र गर्न नसक्नेलाई ‘सम्मानसहित बिदा’ योजनासहित अधिवेशनको समयसीमा तोकिएको हो ।
सो बुँदा अन्तर्गत एमालेले प्रदेश अधिवेशनलाई पहिलो प्राथमिकतामा राखेको छ । एमालेले भदौं महिनाभित्र प्रवेश अधिवेशन गरिसक्ने समयसीमा तोकेको छ । प्रदेश कमिटीमा पदाधिकारीदेखि सदस्यसम्म सवै प्रतिनिधि चुनिएका आउनु पर्ने ब्यवस्था गरिएको छ ।
अपानिमा भनिएको छ, ‘ प्रणालीअनुरुप कमिटी सञ्चालन गर्न र विद्यमान भद्दा कमिटीमा गुणात्मक सुधार गर्न अधिवेशनहरु आयोजना गर्ने । प्रदेश अधिवेशनको व्यवस्थापनको जिम्मेवारी पदाधिकारीहरु र जिल्ला अध्यक्षलाई प्रदान गर्ने । संगठन कमिटी भएकाले प्रदेश कमिटीका सदस्यहरु समेत प्रतिनिधिमा चुनिएर आउने व्यवस्था गर्ने । सदस्यता प्रमाणीकरणको काम सम्पन्न भएसँगै अधिवेशनको तयारी सुरु गर्ने । सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने ।’
अपानिका अनुसार प्रदेशपछि प्रदेश अधिवेशनपछि जिल्ला, पालिका, वडा तथा टोल अधिवेशनको आयोजना गर्ने भनिएको छ । प्रदेश अधिवेशनपछि जिल्ला, पालिका, वडा तथा टोल अधिवेशनको आयोजना गर्ने ।’ असोजदेखि चैत महिनासम्ममा जिल्ला, पालिका, वडा र टोलटोलका अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकिएको छ ।
अवधि बाँकी रहेका र सक्रिय कमिटीहरुलाई पछाडि र निस्क्रिय वा अप्रभावकारी कमिटीका अधिवेशन पहिलो प्राथमिकतामा राख्न निर्देशन पनि दिइएको छ ।अधिवेशन माथिल्लो कमिटीबाट क्रमशः तल्ला कमिटीको आयोजना गर्दा अघिल्लो कमिटीबाट कारणवश हटेका र कुनै पनि कमिटीमा संगठित नभएका सदस्यहरुलाई आवश्यकताअनुसार विभिन्न कमिटीमा व्यस्थापन गर्ने बिवध अपनाउने निर्देशन पनि
दिइएको छ ।