वीरगन्ज । आज आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ६ महिला सहित ३० जनाले रगत दान गरेका छन् । रक्तसञ्चार केन्द्र वीरगन्जमा रगतको अभाव रहेको जानकारी पाएपछि भोलेन्टियर समूह वीरगन्जले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
वीरगन्ज आदर्शनगरस्थित रहेको मधुशाला रेस्टुरेन्टमा आयोजित कार्यक्रमका अध्यक्ष्ता समूहका अध्यक्ष राजन श्रीवास्तवले गरेका थिए ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरि हौसला बढाउनुका साथै हरेक तीन महिनामा रगत आफैं नष्ट हुने भएकोले समय समयमा रगत दान गरि परेकाहरुको सहयोग गर्न अपिल गरे । नगर प्रमुख सिंहले भने "मौसम अनुकूल हुदा देखिने रक्तदाताहरुको भिड अहिले बढ्दो गर्मीका कारण न्युन भएको छ । रगतको अरु कुनै वीकल्प नरहेकोले मानवीय कार्यमा हातोमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।"
सो कार्यक्रमका विशिष्ट अतिथि महेश दास, प्रदिप चौरसिया, अरबिन्द सिंह, कमल चौलागाईं रहनुभएको थियो भने कृष्णा कुश्वाहा, चन्द्रिका प्रसाद यादव, मनोज सरार्फ, कमलेश गुप्ता, ममता जैसवाल, राधा अग्रवाल, प्रमोद शर्मा, संदिप कुमार साह, जुबैर मंसुरी, प्रियंका गुरुङ, काजल सरार्फ लगायतले रगत दान गरेका थिए ।
समूहका कमलेश कुश्वाहा, विकी सरार्फ, किशन सरार्फ, दिनेश गुप्ता, राधेश्याम गुप्ता, रवि लगायतको उपस्थिति रहेको थियो ।
‘गर्मी सुरु हुने बित्तिक्कै रक्तदान कार्यक्रममा कमी देखिएको छ । हाल बढ्दै गएको भिष्ण गर्मीका कारण पहिले निर्धारित भइसकेका रक्तदान कार्यक्रम पनि रद्ध भइरहेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले बताए । पाण्डेले भने "रगत संकलन न्युन हुदा पनि दैनिक ७०/८० पोका रगत व्यवस्थापन गरेर पठाइरहेका छौँ ।"
पाण्डेका अनुसार महिनामा मुस्किलले तीन चारवटा संघ संस्थाले रक्तदान कार्यक्रम गरे पनि माग अत्याधिक रहेकाले संकलित रगत एक दुई दिनमै सकिन्छ । रगत लिन आउने गम्भीर बिरामीका कुरुवालाई भने केन्द्रको सम्पर्कमा रहेका नियमित रक्तदातालाई बोलाएर रक्तदान गर्न लगाइने गरेको पाण्डले बताए ।
सामान्य दिनहरूमा रक्तदाताहरुको भिड हुने वीरगन्जमा पनि गर्मीको असरले नराम्रो प्रभाव पारेको देखिन्छ । तर जस्तोसुकै अवस्था भएपनि मेसिन बाट बनाउन नपाउने रगत मान्छेको शरीर बाट निकालेर मात्र मान्छेको शरिरमा चढाउन पाउने भएकोले मानवीय कार्यमा सहयोग गर्न केन्द्रका प्रमुख पाण्डेले सबैमा अनुरोध गरे ।