वीरगन्ज । असारे विकासको उत्कृष्ट नमुना पर्साको पकहाँ गाउँपालिकामा देखिएको छ । वडा नम्बर ४ खेश्रहाको चौक देखि लहावरथकरी जगसलासम्म जाने सडकखण्डमा गरिएको ग्रेवल एक हप्ता नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन ग्रेवल गर्ने ठाउँमा मात्र माटो बालुवा प्रयोग गरिएका कारण ग्रेवल उप्किएको स्थानीयले बताएका छन् । १.५ किलोमिटर लम्बाइको यो सडक एक खण्डमा गरेर ग्रेवल गर्नुको साटो बालुवा र माटो पूरी ग्रेवल गरिएको नाम मात्र दिइएको छ ।
वडा नम्बर ४ का अध्यक्ष ढेडी प्रसाद यादवले ग्रेवल गर्नुअघि ढुंगा, गिटी, माटो राखेर पेल्ने कामदेखि नै केही नराखी मात्र माटो बालुवा पूरी ग्रेवल निर्माणमा कमजोरी भएको बताए । यो बाटो निर्माण गर्दा प्रक्रिया पुगेन कि भनेर मैले भनेको थिएँ, तर इन्जिनियरहरूले सबै ठीक छ, राम्रो छ भने,’ उनले भने, ‘आफू प्राविधिक मान्छे परिएन । प्राविधिकहरूले भनेको ठिकै त होला नि भनेर चुप लागे । पछि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहालाई जानकारी गराउँदा ग्रेवल राख्नु पर्ने ठाउँमा झन माटो ल्याएर पुरियो । अहिले त एक हप्ता नहुँदै पुरै आँधी र हावाहुरीसँगै उप्कियो ।’
त्यो विकास हैन् विनाश हो भने स्थानियहरुले भन्न थालेका छन् । यसको मुख्य योजना भनेको पालिकाको विकास हैन् असारे बजेट खपाउनु मात्र हो । अहिले त पालिकामा विकासको कुरा यथावत राखी मात्र कमिसन मुखी योजनाको कार्य भइरहेको उहाँहरुको आरोप छ । अहिले देशमा आर्थिक संकटको बेला पालिकाको कार्यालयमा दुईटा शौचालय हुँदा हुँदै पनि अर्को १० लाखको लागतमा शौचालय बनाउनुको मतलब भ्रष्टचार गर्नुको साटो अरु केही नभएको उहाँहरुको तर्क छ । यस्तो कमसल सामग्री प्रयोग गरेर प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा र गाउँपालिका अध्यक्ष सुरेश मेहताको मिलोमतोमा भ्रष्टचार मात्र गरिएको स्थानियहरुको आरोप छ ।
अहिले पालिका अन्तर्गतको सबै कार्यमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य गर्न लागिएको एक स्थानीयले बताए । यो पालिकाको विकास नभएर विनाश तर्फ उन्मुख भएको उनको जिकिर छ । पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत , लेखा प्रमुख र सामाजिक विकास शाखा प्रमुखको मिलोमतोमा विकास हैन् मात्र कमिसन मुखी योजनाको कार्य भइरहेको उहाँहरुको आरोप छ ।
१ करोड ५० लाख बराबरको गोप्य टेण्डर आह्वान हरी आफ्ना निकट ठेकेदारलाई ठेक्का सम्झौता गरियो नाम नखुलाउने शर्तमा पालिका कै एक कर्मचारीले बताए ।
यस विषयमा गाउँपालिका अध्यक्ष सुरेश मेहतासंग बुझ्न खोज्दा त्यहाँ ग्रेवल नै गरिएको हो भने दाबी गरे । ग्रेवल गरी सकेपछि स्थानियबासीहरुको अनुसार माटो पुरिएको उनले बताए ।
प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहालाई सम्पर्क गर्दा त्यो ग्रेवलको विषयमा छानबिन गर्दैछु र अहिले त्यसको भुक्तानी नभएको बताए ।