नेपाली फिल्ममा मधेशका कथा खासै समेटेको दिखिदैनं । दर्शक हसाउने मानसिक्ताले मधेशी चरित्रलाई फिल्ममा देखाइने गरिन्छ । त्यसैले होला नेपाली फिल्म मधेशमा फस्टाउन सकेको छैन । मधेशका हलमा भोजपुरी फिल्मले पाउने मायाले पनि त्यसलाई दर्शाउँछ। मधेशका कथा भनिनुपर्छ भन्ने उद्देश्य बोकेर कान्सु जितेका अविनाशविक्रम शाह र अनुप पौडेलले 'टेल योर स्टोरी मधेश च्याप्टर" शीर्षकमा पटकथा लेखन कार्यशाला आयोजना गरेका थिए ।
ग्लोबल मिडिया मेकर्स (फिल्म इन्डिपेन्डेन्ट), नेपालस्थित अमेरिकी दूतावास र शिक्षा फाउन्डेसन नेपालको सहयोगमा आयोजना भएको लघु फिल्म पटकथा लेखन कार्याशाला दुई चरणमा सम्पन्न भयो । पहिलो चरणको कार्याशालामा १७ महिलाले भर्चुअल कक्षा लिए। काठमाडौंमा आयोजित अन्तिम चरणको आवासीय कार्यशालामा भने ९ जना छनोट भए । कार्यशालाको अन्तिम दिन मधेशले भोगेको कथा / व्यथालाई स्क्रिनमा देखाउन सक्ने किसिमको तालिम आफूहरुले प्राप्त मरेको जनकपुरकी पुष्पा यादवले बताइन् । हामीले धेरै ठूलो उपलब्धि पाएको अनुभव गरेका छौं । मधेश प्रदेशकै महिलाहरु लक्षित गरेर यो कार्याशाला आयोजना गरिएको हो । म पहिला कलाकार । हामीले नाटक गर्दा अभिनय त गरिन्थ्यो । तर, त्यसलाई दृश्यलाई कसरी लेखिन्छ भन्ने कुरा यहाँ सिकें,' पुष्पाले भनिन्, 'पहिला त कथा मात्र लेख्न आउँथ्यो तर अब फर्म्याटमा लेख्न आउँछ । हाम्रो मधेश प्रदेशको आफ्नै कथा र आफ्नै व्यथाहरु छन् । त्यसलाई कतिले हेरेको छ, कतिले भोगेको छ । कतिले भोगेकै छैन, कतिले देखेकै छैन । ती कथालाई स्क्रिनमा कसरी ल्याउने भन्ने कुरा यो कार्यशालाले सिकायो ।'
पत्रकारितामै सक्रिय कविता खड्काले अनलाइन कक्षामै पटकथा लेखन र समाचार फरकु हो भन्ने बुझिसकेकी थिइन् । सुरुआतका दिनमा पटकथा लेखनलाई समाचार शैलीमै ढाल्दा आफूले निकै अभ्यास गर्नुपरेको कविताको अनुभव छ । 'मेरो लेखाइमा खासै समस्या देख्दिन थिएँ म । तर, मेन्टरहरुले त्यो पटकथाको शैलीमा छैन भन्दा तनाव हुन्थ्यो । त्यसैले रातदिन लेख्न थालें । बीचमा त कार्यशाला नै छाडौं कि भन्ने भयो, कविताले कार्यक्रममा आफ्नो अनुभव सुनाइन्, 'महिला पत्रकारहरुले भोग्नुपरेको समस्यामाथि मैले कथा लेख्ने प्रयास गरेकी छु ।
महोत्तरीकी आरती मण्डल यसअघि रेडियो पत्रकारितामा सक्रिय थिइन् । त्यहाँ नाटकको स्क्रिप्ट पनि लेख्थिन् । तर, 'कसरी लेख्नुपर्छ भन्ने भेउ पाउँदैन थिइन् । तर, कार्यशालामा सहभागी भएसँगै प्राविधिक पक्षलाई ध्यानमा राखेर पटकथा लेख सिकेको उनी बताउँछिन् । प्राविधिक पक्षलाई ध्यानमा राखेर कसरी पूर्ण पटकथा तयार पारेर स्क्रिनमा देखाउने भन्ने कुरा यहाँ सिक्यौं, आरतीले भनिन् ।
पत्रकारितामै सक्रिय शुष्मा शर्माले पनि कार्यशालामा आएर दृश्यभाषाको प्रभावकारितालाई बुझेकी छन् । म प्रिन्ट मिडियामा काम गर्ने भएकाले लेखेर कथा बताउने काम गर्थे । तर, हाम्रो मधेश प्रदेशमा साक्षरता प्रतिशत कम भएका हुनाले मेरो समाचारको प्रभाव खासै देखिँदैन थियो । तर, भिजुअलाइजेसनले भने चाँडै प्रभाव पार्छ भन्ने कुराले यहाँसम्म होन्यायो, उनले भनिन्, पटकथा लेखनमा एक्सनलाई पनि मज्जाले लेख्नुपाई र त्यसले भिजुअलाइजेसन पनि प्रस्ट हुँदो रहेछ भन्ने सिके ।
पूजा यावदलाई भने यो कार्यशाला सुरुआतमा मधेशलाई लक्षित गरी आयोजना गरिने विकास परियोजनाजस्तै लागेको रहेछ तर, कार्यशालामा सहभागी भइसकेपछि पटकथा लेखनको महत्व बुझेको उनी बताउँछिन् छिल्लो समय म एउटा फेलोसिपमा आबद्ध थिए। त्यहाँ मलाई मेरो समुदायको विषयमा सोधियो। मैले जानेको कुरा भनिदिएँ। उनीहरुलाई गुगलबाट केही पठाउँदिन कि भनेर सोच्दा गुगलमा केही भेटिंग । त्यो दिन मलाई लाग्यो, मेरो समुदायका कुरा भन्नलाई मैले कथा भन्ने शैली सिक्ने पर्छ, उनले भनिन, सीमान्तीकृत समुदायका लागि थुप्रै यस्ता तालिम, कार्यशाला हुनेगर्छ। मैले सुरुमा यो कार्यशालालाई त्यस्तै सोचें तर यहाँ हामीलाई मेन्टरहरुले मज्जाले सिकाउनुभयो । मधेशका महिलाहरुका लागि यस्तो कार्यक्रम गर्नु नै ठूलो कुरा हो। अब पक्का मधेशको कथामा फिल्म ब हामी जनाको कथामा हामी फिल्म बनाउँछौं ।'
नेपाली फिल्लामा मधेशको स्टेरियोटाइपु माथि हस्तक्षेप गर्न लेखकहरूको आवश्यकता रहेको मेन्टरमध्ये की लेखक आन्विका गिरी बताउँछिन्। 'नेपाली फिलामा मधेशको प्रतिनिधित्व कम छ। उनीहरुको कथा पनि कम छ । जुन भाष्य देखाइन्छ, त्यसलाई बदल्नका लागि ठूलो हस्तक्षेपको आवश्यकता छ त्यो स्टेरियोटाइप लाई ब्रेक मधेशके मानिसहरूले गर्न सक्छन्, उनले भनिन्, 'तपाईहरुले यो कार्यशालामार्फत यो मौका पाउनुभएको छ मधेशका धेरै कन्याहरु आउन आवश्यक छ।'
निर्देशक नवीन सुब्बा कार्यशालामा सहभागी महिलाको काँधमा मधेशको कथा भन्ने जिम्मा परेको बताउँछन् । 'हलिउडमा करिब ७ प्रतिशत चरित्र एसियन मुलुकको बारेमा लेखिदोरहेछ । लेनेहरू नै ४ प्रतिशत भएर भएर कम लेखिंदो रहेछ। हाम्रो सन्दर्भमा पनि यस्तै भयो। फिला क्षेत्रमा काम गर्ने मधेशका मानिस कम छन्। त्यसैले मधेशलाई सही तरिकाले प्रस्तुत गर्न सकेको छैन सुब्बाले भने, 'तपाईहरुको कन्या धेरैभन्दा धेरै ल्याउने जिम्मा तपाईहरुमा आएको छ।
निर्देशक दीपक रौनियार कार्यशाला लिएकै आधारमा फिल्म बनाउन कठिन रहेको बताउँछन् । यस्तो कार्यशालाले फन्डिङ (लगानी) सम्मको व्यवस्थापनसमेतमा ध्यान पु-याइदिनुपर्ने उनको धारणा छ । 'नवीन दाइले भनेजस्तै हलिउडले भर्खरै मात्र हो क्यामेरा पछाडि को (को उभिन्छ भन्ने कुरामा ध्यान दिन थालेको । आजसम्म पनि मधेशी कलाकारले प्रमुख भूमिका पाएको फिल्म बनाउन सकेका छैनौं हामीले । यस्तो अवस्थामा फिल्ममेकर आउनु, लेख्न सक्नु, आफ्नो कथा बुन्न पाउनु गाह्रो कुरा हो, 'भावुक हुँदै रौनियारले भने, 'यस्तो कार्यशालामा सहभागी हुनु राम्रो । तर, यहाँबाट फर्केर गएपछि फिल्म बनाउन सहयोग पाउनु गाह्रो छ । त्यसैले आयोजकले वर्कसप गर्ने घर पठाउने अनि सपोर्ट नगर्ने हो भने फिल्म आउँदैन । फिल्म क्षेत्रमा फन्डिङ हुँदैन, व्यक्तिगत प्रयासमा फिल्म बन्ने हो ।' सहभागीहरूले लेखेका तीन कथा छनोट गरी लघु फिल्म निर्माण गर्ने"टेल योर स्टोरी-मधेश च्याप्टरु को योजना छ ।