पकाहाँ । पर्सा जिल्लाको पकाहाँ मैनपुरमा असारे विकास खपाउने उदेश्यले गर्दा अनुगमन तिब्र रुपमा गर्न थालिएको छ । प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाको निर्देशनमा निकै तामझाम गरी पालिका अन्र्तगत रहेको विभिन्न योजना साथै निकायकोे अनुगमन अनुगमन मै रोकिएको हो । अनुगमन क्रममा देखिएको कमीकमजोरी तथा गल्ती गर्नेमाथि कुनै कारबाही हुन सकेन ।
प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाको आदेशमा टोली बनाएर गएको अनुगमन टोलीको कुनै प्रभावकारी काम कदम देखिएको छैन । अनुगमन गरिए पनि कुनै कारबाही भएन । आम जनताका आँखामा छारो हाल्न अनुगमन मात्रै गरेको आरोप स्थानियले लगाएका छन् ।
वर्षेनि अनुुगमन भएर समस्या भेटिने बिधालयमा पनि कुनै कारबाही भएको छैन । दोषीलाई कुनै कारबाही नहुँदा अनुगमनको प्रतिफल आम जनताले महसुस गर्न पाएका छैनन् । असारे विकास सुरु हुन लगतै बजेट खपाउने उदेश्यको रूपमा गरिने यस्ता अनुगमन वर्षेनि पालिकाले नामका लागि मात्र गर्दै आएको छ ।
वार्षिक रूपमा गर्ने प्रक्षेपणलाई भेट्ने गरी अनुगमन गर्ने तर कारबाही नगर्ने परिपाटीका कारण पालिकामा अहिले पनि समस्या जहाँको त्यही छ’, भने राजन साहले भने ‘बिधालय लगायत बिकाश निमाणर्को काममा पटकपटक अनुगमन हुन्छ तर आजसम्म जनताले बुझ्ने गरी कारबाही नगरी उन्मुक्ति दिइएको छ । प्रचार र सस्तो लोकप्रियताका लागि मात्रै गरिने यस्ता अनुगमनको उपलब्धि शून्य भेटिएको छ ।’
नेपाल सरकारको एन नियम लत्याउदै अभिभावकलाई गालि ग्लोज गर्नेमाथि हाल सम्म पालिकाले कारबाही गर्न सकेको छैन । स्थानिय मोटर साहका अनुसार उनलाई गालि ग्लोज गर्ने शिक्षकलाई अहिले सम्म कारबाही गरिएको छैन । पालिकाले उनको ब्यतिmगत झगडा बताउदै कारबाही गरेको छैन । जनताको जिउ ज्यानसँग खेलवाड गर्ने त्यस्ता शिक्षकमाथि अनुगमन टोलीले कुनै कारबाही नगरी उन्मुक्ति दियो ।
अनुगमनका क्रममा स्थानिय बासिहरुले त्यस्ता माथि तत्कालै कारबाही गर्न सुझाव दिए पनि शिक्षकको राजनैतिक पावर र डर धम्कीले कुनै कारबाही गर्न पालिकाले सकेन’ अनुगमन भएपछि सुधार आउनुभन्दा झन् अराजक बन्यो ।’
औपचारिकता पुरा गर्नकै लागी भएपनि अनुगमन समिति कहिले कसो पस्न थालेको छ । सिमित ठाउँमा केन्द्रित भएर समितिले गर्दै आएको अनुगमनको हाल सम्म कुनै प्रभावकारीता देखिएको छैन । मापदण्ड पुरा नगरी संचालन गर्नेमाथि कारवाही गर्न समिति चुकेकै छ ।
सानालाइ ऐन ठुलालाइ चैन भनेझै कारवाही नै भएपनि साना तिनामात्र त्यसको शिकार हुने गरेका छन् । आवश्यक मापदण्ड पुरा नगर्ने ठुलाको अगाडी अनुगमन समिति पनि निरिह बन्ने गरेको छ ।
अनुगमन हुनु राम्रो कुरा हो । अनुगमन आवश्यक पनि छ । तर पालिकामा हुदै आएका अनुगमनलाइ नियाल्ने हो भने औपचारिकता पुरा गर्ने र समय वर्वाद गर्ने वाहेकको अन्य उपलब्धी छैन ।
त्यसो अनुगमन हुनु पुर्व नैे सुइको पाइसकेका हुन्छन् । अनि कसरी अनुगमनको प्रभावकारिता हुन्छ ।
दुइ चार जना मान्छे बटुलेर अनुगमनको ढोंग रच्नु भन्दा बरु प्रभावकारी ढंगले अनुगमनको साथै कारवाहीलाइ पनि अगाडी बढाउनु आवश्यक छ । कारवाहीमा यसरी नै चुक्दै जाने हो भन वेथिति बढ्दै जाने छ र अनुगमन समितिले आफ्नो अस्तित्व पनि गुमाउदै जानेछ ।