काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विरोधी शक्तिहरू एमालेको विरुद्धमा लागि परेका बताउनुभएकाे छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अखिल नेपाल महिला संघ वाग्मती प्रदेश कमिटीकाे बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष देशविरोधी शक्तिहरु एमाले विरुद्ध एकजुट भएर लागिपरेका बताउनुभयाे ।
उहाँले भन्नुभयाे - 'हाम्राे पार्टीविरुद्ध लाञ्छना लगाउने, अपमान गर्ने, गरेका काम बिर्साइदिने, गरेका काम गरेकै छैन भन्ने झुठा प्रचार गर्ने, अनेक प्रकारका आराेप लगाउने, हमला गर्ने, जनतालाई एमालेबाट अलग बनाउने प्रयासहरु गलत तत्वले गरिरहेका छन्, याे देशमा प्रगति नहाेस्, याे देशकाे राष्ट्रियता बलियाे नहाेस्, जनताकाे एकता बलियाे नहाेस् र यस देशकाे विकास नहाेस् भन्ने तत्वहरु एमाले विरुद्धमा एकजुट भएर लागिरहेका छन् ।'
देश विराेधी तत्वहरुसँग त्रसिन आवश्यक नरहेकाे भन्दै अध्यक्ष ओलीले उनीहरुलाई आगामी चुनावमा जवाफ दिइने बताउनुयाे । अरु एकातिर र एमाले एक्लै ५० प्रतिशत भन्दा माथि हुने गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले हरेक क्षेत्रमा एकल बहुमत ल्याएर मिसन ०८४ सफल पारिने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे - 'मिसन २०८४ हामी सफल पार्छाैं पार्छाैं, हामीलाई चाहिएको हरेक वडामा एमालेको बहुमत, माथि यसै बहुमत हुन्छ, जिल्लामा बहुमत, प्रदेशमा बहुमत भन्नै पर्दैन, वडामा बहुमत भयो भने सबैतिर बहुमत यसै हुन्छ, आफ्नो बडामा बहुमत बनाउन त्यत्ति त सकिन्छ होला नि, अन्तको कुरा छोडिदऔं, आफू बसेको बडामा बहुमत बनाऔं, एक्लै बहुमत बनाऔं ।'
सिद्धिसकेका तत्व मिलेर माेर्चा बनाएर केही नहुने भन्दै अध्यक्ष ओलीले सिद्धिसकेका तत्वहरुले समाजवादी मोर्चा बनाउने प्रयास गरेकाले त्यसमा आत्तिनुपर्ने कुनै कारण नरहेको बताउनुभयाे ।