बीरगन्ज / बीरगन्जको मुख्य नालामाथी निर्माण भएको घर र नालाको अतिक्रमणले मुख्य नालाको सफाइमा बाधक बनेको छ ।
वर्षायाम लाग्न अधि बीरगन्जको मुख्य नालाहरु सफा गर्नेक्रममा नालामाथी बनेको घर र संरचनाले सफाई अभियानमा बाधा परेका छ । आदर्शनगरस्थित कर्पोरेट डेभलपमेन्ट बैक रहेको घर , क्लासिक होटल रहेको घर, हरिखेतान कलेज सहितको घरहरु नालामाथी बनेको छ ।
वर्षौदेखी सफा हुन नसकेको मुख्य नाला अहिले बीरगन्ज महानगर पालिकाले चेन स्काभेटर र सरसफाइ कर्मचारीले सफाई गर्न सुरु गरेको छ ।
बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेशमान सिंह मुख्य नाला सफाई को अनुगमन गर्नु भएको छ । नालामाथिको अवैध र अतिक्रमीत संरचना हटाउन र नाला सफाई नरोक्न प्रमुख सिंहले निर्देशन दिनु भएको छ । नालामाथी बनेको केही घरको कारण सफाइ हुन नसकेको देखिएको मेयर सिंहले बताउनु भयो । नालामाथी बनेको घर र संरचनाले वर्षायाममा पुरै बजार डुवानमा पर्ने गरेको छ ।
एकैछिनको वर्षाले जलमग्न हुने जिल्ला प्रशासन कार्यालय पर्सा (सिडिओ अफिस) नजिकको नाला दुई दशकपछी सफा भएको छ ।
नाला सफा गर्नका लागि सिडिओ अफिस बाहिरको पर्खालसमेत भत्काउनु परेको महानगरपालिकाको सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँले बताए ।
नाला सफा गरिएसँगै डुबानको जोखिम कम भएको र भएपनि विगतको जस्तो नहुने मियाँको विश्वास छ ।
बीरगन्ज महानगर पालिकाले सफा र स्वच्छ वीरगञ्ज बनाउने अभियानमा अघि बढेको छ ।