तिनाउ गाउँपालिकाको वडा नं ३ को कार्यालयले आफ्नो वडा मातहत रहेका कृषि उद्यमीहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
तिनाउ गाउँपालिकाको वडा नं ३ को वडा अध्यक्ष श्री चित्र बहादुर थापा ज्युको अध्यक्षतामा भएको "स्थानीय कृषि उद्यमी प्रोत्साहन तथा सम्मान कार्यक्रम " मा वडा अन्तर्गत विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जना कृषि उद्यमीहरुलाई विभिन्न उपयोगी सामाग्री वितरण गरेर सम्मान गरिएको हो।
कृषि पेशालाई सम्मानित पेशाको रूपमा पहिचान स्थापित गराउन र कृषि कर्ममा लागेका कृषक र उद्यमीहरुलाई हौसला प्रदान गर्नको लागि यस्तो कार्यक्रम सञ्चालन गरेको वडा अध्यक्ष थापाको भनाई रहेको थियो।
हाम्रो वडाका किसान तथा कृषि उद्यमीले तिनाउ गाउँपालिकामा मात्र नभई अन्य बजारहरुमा कृषि उपज उत्पादन गरेर पहिचान स्थापित गर्न गराउनको लागि कृषि उद्यमीहरुको मनोबल उच्च बनाउनको लागि र झन जिम्मेवारी बोध गराउनका लागि यस्तो कार्यक्रम सबै सरोकारवालालाई राख्नु जरुरी रहेको बताउँदै वडा सदस्य टंकनाथ बस्याल ज्युले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो।
सम्मानित हुनेमा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता श्री बाबुराम रिजाल , च्याउ व्यवसायी नैना क्षेत्री, कृषि औजार उत्पादक तथा व्यवसायी सेतुराम कामी, ड्रागन खेतीकर्ता लक्ष्मण पाण्डे, बेमौसमी च्याउ उत्पादक ऋषिराम थापा, दुग्ध उत्पादक तथा संकलन कर्ता जनार्दन पाण्डे रहेका थिए। उक्त कार्यक्रममा आधारभूत स्वास्थ्य इकाई झुम्सा ईन्चार्ज सबिता रिजाल , पशु स्वास्थ्य प्राविधिक सिल्पा रायमाझी, वडा सदस्य पम्फा थापा, वडा सदस्य किशन विश्वकर्मा, लगायतका वडा कार्यालयका कर्मचारी तथा विभिन्न कृषक समुह तथा सहकारीबाट प्रतिनिधित्व रहेको थियो भने कार्यक्रम सहजिकरण तथा संचालन तिनाउ गाउँपालिकाका कृषि प्राविधिक बिरेन्द्र प्रसाद साह ले गर्नु भएको थियो।