पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरण र सेजल एन्ड सिस्टर एलएलसी Sejal and sister LLC अमेरीका संस्थापक आदरणीय समाजप्रेमी मोनु खड्का र मेग सुवेदीको आर्थिक सहयोग द्वारा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा रहेकोे दलित प्राथमिक विद्यालय, कौवाबन कटैया गाउँमा रहेकोे नेपाल राष्ट्रिय आधारभूत विद्यालय र बिन्दबासनी नेपाल आधारभूत विद्यालय , केहुनियाको अति विपन्न , गरीब , जेहेन्दार ४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक वितरण गरिएको छ । ४०० दलित बालबालिकाको विद्यालय पोशाक सहयोगको लागि तीन लाख छिहत्तर हजार आर्थिक सहयोग गर्नुभएको छ।
आजका बालबालिका भोलीका कर्णधार हुन् , दलित बालबालिकाको विद्यालयमा पहुँच , विद्यालय टिकाउ , पढाईमा निरन्तरता , पढाईमा सुधार , अभिभावकहरुलाई शिक्षामा सहभागिता , दलित बालबालिका शिक्षामा प्रोत्साहन ,बालबालिका विदेशी भुमीमा रहेर पनि स्वदेशमा आवश्यक परेको ठाउंमा हरेक पटक सहयोगको लागि तयार हुने समाजप्रेमी आदरणीय सूवेदि परिवार लाई हिर्दय देखिनै धेरै धेरै धन्यवाद दलित अभिभावक ज्युले दिनुभएको छ।
हाल अमेरीका बस्ने बरिस्ठ समाजसेबी मेग सुवेदी ज्युको पहलमा विगतको वर्ष देखि पर्सा जिल्लामा दलित बालबालिकाको लागि विद्यालय व्याग झोला, कोरोना भाईसको समय लकडाउन बाट प्रभावित १००० घर परिवारलाई खाद्यान्न राहत वितरण , दलित बालबालिकाको लागि संचालित निशुल्क टियुसन कक्षा केन्द्रमा आर्थिक सहयोग, पर्सा जिल्लाको अति गरीब बिरामीको उपचारको लागि आर्थिक सहयोग जस्ता सामाजिक कार्यमा निरन्तर सहयोग प्रदान गर्नुभएको छ। उहाँ अमेरीका बसि नेपालको विभिन्न स्थान , गाउँमा विभिन्न कार्यमा आर्थिक सहयोग गर्नुभएको छ।
४०० दलित बालबालिकाको लागि विद्यालय पोशाक वितरण कार्यक्रमको अध्यक्षता महुवनमा रहेकोे दलित प्राथमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष गोरख कुमार राम ज्यु , प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिकाको अध्यक्ष यसवन्त यादव ज्यु , विशिष्ट अतिथि वडा अध्यक्ष अशेसर प्रसाद यादव , विशेष अतिथि सेजल एन्ड सिस्टर एलएलसी Sejal and sister LLC को प्रतिनिधि सञ्जित भण्डारी , अतिथि श्वेता केसी , अतिथि डा. सिग्देल
आबि अधिकारी ,साखर कार्की,रक्षा घिमिरे, सपना श्रेष्ठ लगाएत को उपस्थित रहेकी थियो भने कार्यक्रम को सहजीकरण पिस फोर दलित फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज राम ले गर्नुभएको थियो