सेढवा । तिब्र गतिमा भइरहेको वन बिनाशका कारण वातावरणमा भएका आमूल परिवर्तनले आम नागरिकहरु बिभिन्न समस्याको सामना गर्नु परेको बन तथा बाताबरण मन्त्री रमेश प्रसाद कुर्मीले बताएका छन । गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारण सभा भेलाको उद्घाटन गर्दै मन्त्री कुर्मीले यस्तो बताएका हुन ।
खडेरी, उच्च तापक्रम तथा न्यून बर्षा लगायतका समस्यालाई न्यूनीकरण गर्न वनजंगल संरक्षण गर्न अति आवश्यक भएको मन्त्री कुर्मिले बताए। वनबिनाश रोक्न तथा वन संरक्षणका लागि मधेश सरकार प्रतिबध रहेको मन्त्री कुर्मीले बताए।
डिभिजन वन कार्यालय पर्साको आयोजनामा सब डिभिजन वन कार्यालय बसन्तपुरमा गादीमाई साझेदारी वन व्यवस्थापन समूहको प्रथम साधारण सभा शुरु को उदघाटन सत्र आज बाट सुरु भएको हो ।
जिल्ला सम्वन्य समितिका सभापति निरन्जन श्राफको सभापतित्वमा सम्पन्न कार्यक्रममा सम्पन्न भएका छन।
सो कार्यक्रममा प्रदेश सांसद शकर प्रसाद चौधरी, वन तथा वातावरण मन्त्रालयका सचिव जगरनाथ प्रसाद जैश्वाल,जिल्ला सम्वन्य समिति पर्साका उपसभापति पुरण प्रसाद कुर्मी, शस्त्र प्रहरी बल १३ नम्बर गण का शस्त्र प्रहरी उपरिक्षक, सुमन थपालियाले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा साझेदारी वन समितिका अध्यक्ष एवम कोलभी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, धोबिनी गाउपालिका गापा अध्यक्ष मदन चौहान,जगरनाथपुर गापाको अध्यक्ष श्रीकान्त प्रसाद यादव,जिराभवानी गाउँ पालिका का अध्यक्ष अनोज चौधरी सखुवाप्रसौनी गापा अध्यक्ष यस्वन्त यादव, जगरनाथपुरका पूर्व गापा अध्यक्ष जालिम मिया मंसुरी, साझेदारी वन व्यवस्थापन महासंघका संस्थापक अध्यक्ष रामरुप कुर्मी,डिभिजन वन कार्यालय रौतहठका डिभिजनल अथिकृत सुनिल कर्ण, पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,डिभिजन वन कार्यालय पर्साका प्रमुख सुभाषचन्द्र दासले शुभकामाना मन्तव्य व्यक्त गरेका थिए।
सो समूह चयनका लागि जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर, धोबिनी, कालिकामाई, छिपहरमाई गाउपालिकाका ३७ वटाका २ सय ५९ सदस्य रहेका छन। यसैबीच भोलि निर्वाचन प्रक्रिया बाट गादिमाइ साझेदारी बन व्यवस्थापन समूह को अध्यक्ष र सदस्य हरुको निर्वाचन हुनेछ ।
कार्यक्रम का सन्चालन भने सब डिभीजन बन कार्यालय बसन्त पुर का सहायक बन अधिकृत सुमन पाण्डेले गर्नुभएको थियोे ।