विसुनदेव सरदार
लहान । सिराहाको लहान नगरपालिकामा नगरप्रमुखको रुपमा मेयर महेश प्रसाद चौधरी भए दिनदेखि लहान नगर अस्तव्यस्त बनेको छ ।
लहानमा जतात्यतै विभिन्न विकास निर्माणको नाममा भ्रष्टाचार गरेको पाइएको छ। नगरप्रमुख चौधरी जातीवाद, नातावाद, कृपावाद जस्ता नामले परिचित बन्दै गएको छ ।
नगरप्रमुख मेयर चौधरी लहान नगरपालिका कार्यालयलाई यतिबेला आफ्नो निजी सम्पत्ति सरह व्यवहार गरिदै आएको देखिन्छ ।
यो सँगै पार्टीगत कुरा र जनतालाई दिइएको आश्वासन मेयर महेश प्रसाद चौधरी अतिबेला झुठो सावित बन्न पुगेको छ।
स्थानीयतह निर्वाचनमा मेयर चौधरीले भन्नुभएको र जनतालाई दिइएको आश्वासन पानीमा बगेर गएको अवस्था देखिन्छ ।
नेपाली काङ्ग्रेसले जित्यो भने - उपचारका निम्ति एउटा राम्रो अस्पताल स्थापना गर्ने भनिएको थियोे । काङ्ग्रेसले जित्यो भने - राम्रो स्कुल कलेज स्थापना गरि गरिब दलितका सन्तानले राम्ररी पढ्छ भनिएको थियोे ।
फ्री एम्बुलेन्स सेवा दिने , वडावडामा एमबिबिएस डा. राख्ने प्रतिज्ञा गरेको थियोे । तर, यी प्रतिज्ञाहरु अतिबेला लहान नगरवासीका लागि अभिश्राफ बन्न पुगेको छन् ।
लहान नगरको समृद्धिका लागि प्रत्येक आर्थिक वर्षमा अर्वौअर्व बजेट पास हुन्छ तर - पनि नगरप्रमुख महेश प्रसाद चौधरीले कर्मचारी कार्यकर्ता मिलिजुली झ्वाम्म पार्छन् । जातीवाद मेयर चौधरीले चौधरी समुदायलाई यस असार मसान्तमा मजथाभावी रकम बाडेको र फाइलहरुमा अख्तियारको छापा हुनुपर्ने यहाँका जनताहरुको मांग छ । यता, कमिसनखोर मेयर चौधरी कमिसन लिई पचासलाख रकम छापाखाना शिर्षकबाट गैरतरिकाबाट झ्वाप्प पारेको देखिन्छ । यसमा अख्तियारी हुनु जरुरी देखिन्छ ।
अत: यो सँगै लहान नगरको बेतिथि यस प्रकार रहेको छ :-
(१.) सेल्फी रोडमा मेयरकै मिलेमतोमा व्यापक भ्रष्टाचार ।
(२.) नगर बस स्टेण्ड गिराउनु / बे-वास्ता गरिनु।
(३.) नगर ह्रासका साथै कुुरुपता देखिनु।
(४.) नगरका नालाहरु दिनानुदिन फोहोरी बन्दै जानू।
(५.) लहान नगर बस जे.एस. मुरारका क्याम्पसलाई फ्रीमा दिनु।
(६.) आर्थिक सहयोगको नाममा जाती
र अधिल्लो चुनावका निम्ति पार्टीगत कार्यकर्ता पाल्नु।
(७.) मेयर हरेक विकास निर्माण कार्यमा कमिसन खानु।
(८.) आफ्नो आसेपासेलाई कृषि यन्त्र वितरण गरिनु।
(९.) नगर शिक्षकमा अधिकाँश चौधरीलाई करारको जागिर दिनु ।
यी र यस्ता नसुहाउँदो क्रियाकलाप गरि नगरवासीलाई दु:खी तुल्याउने गरेको देखिन्छ । यता , लहान नगरमा भ्रष्ट मेयरलाई हतकडी र कार्यवाहीको चर्चा जताततै सुन्न पाइएको छ ।