विष्णुदेव सरदार
सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका गाउँपालिका मध्येमा सबैभन्दा बढी बजेट पास गर्ने पालिका लक्ष्मीपुर पतारी गाउँपालिका हो । तर, जन उपेक्षित विकास कहीँ कतै देखिदैन ।
यसै विषयलाई लिएर नेकपा एमालेलाई आज ध्यानाकर्षण भएको छ ।
आज बिहीबार लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रत्यासी तथा गाउँपालिका ईन्चार्ज देव नारायण साहले आर्थिक वर्ष २०७९/०८० को खर्च विवरण मांग सहितको सुचना उपलब्ध गराउन मांग गरेको छ।
यता , कमिसनखोर अशोक कुमार सिँह जहाँ गए - आर्थिक लफडा लगाउने गरेको देखिन्छ । लक्ष्मीपुर पतारी पालिका आउनु भन्दा पहिले वहाँ सिरहाको बरियारपट्टी गाउँपालिकामा प्रशासकीय अधिकृतको रुपमा गएको थियोे । तर, भ्रष्ट प्रवृत्तिका कारण त्यहाँका गाउँपालिका अध्यक्ष संतोष यादव हाजिर हुन दिएनन् । त्यतिबेला, पालिका अध्यक्षले भनेको थियोे अशोक कुमार सिँह पटकपटक अनियमितता भ्रष्टाचारीलाई हामी राख्दैनौं।
बरियारपट्टी पालिकाका ठेलुवालाई काङ्ग्रेसी सेटिङ्गमा लक्ष्मीपुर पतारीमा ठाउँ दिइएको थियोे । त्यहीँ भएर अधिकृत सिँह जहाँ गए - आर्थिक आर्थिक हिनामिनाको घेराभित्र पर्ने गरेको छ ।
यो सँगै लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिँहसँग सो सुचना मांग निवेदनमा तोक आदेश दर्ता गराइ आर्थिक प्रशासन शाखा ( लेखा फाँट ) मा पठाइएको छ।
नेकपा एमाले लक्ष्मीपुर पतारी अध्यक्ष तथा वडा न. ५ का वडाअध्यक्ष ब्रहमदेवका अनुसार लक्ष्मीपुर पतारीमा अधिकृतको भ्रष्टलिला र कमिसनखोरी हल्ला बढदै जाँदा सुचना मांग गरिएको बताए । उनका अनुसार - गाउँपालिकाको आ. व. २०७९/०८० को गाउँ सभाबाट विनियोजित रकम मध्यबाट कुन-कुन योजना तथा कुन शिर्षकमा के कति रकम खर्च भए / नभएको सम्पूर्ण विवरण मांग गरिएको बताए ।
नेपालीको संविधान २०७२ को धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा २ अनुसार नागरिकलाई सुचना पाउने अधिकार छ ।
यता , लक्ष्मीपुर पतारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिँह हाजिर भए दिन देखि हरेक योजना विकास योजनामा कमिसनखोरी र अनियमितताको चर्चा चौतर्फी चलिरहेको छ।
स्थानीयहरुका अनुसार अधिकृत अशोक कुमार सिँहसित बिना कमिसन भुक्तानी लिनै गाह्रौं हुने गरेको बताउँछन् ।
सेटिङ्ग मिलाउन अधिकृत सिँह र आर्थिक प्रशासन शाखाका लेखापाल असार २५ गते पछि हप्तौं गायब भएका थियोे । यता, लक्ष्मीपुर पतारी पालिकाका सेवाग्राहीहरुका अनुसार - प्रमुख प्रशासकीय अधिकृतलाई मोबाइल ९८४४८६२७४१ मा पटकपटक फोन गर्दा स्वीच अफ र फोन नउठाउने गरेको व्यापक जनगुनासो छ। यदि अधिकृत सिँह अझै बढीमा ६ महिना मात्रै रहे, पालिकाको नाम कमिसनखोर पालिका हुने बताउँछन् । यस्तो यस्तो भ्रष्ट प्रमुख प्रशासकीय अधिकृत अशोक सिँह भने कर्मचारीलाई सरुवा हुनुपर्छ । यदि सरुवा नभए पालिका समेत डुबाउनेछ जस्ता चियाचर्चामा स्थानीयहरु गफिन्छ ।