वीरगंज । नेकपा एमाले निकट भातृ संगठन पेशागत महासंघ नेपाल मधेश प्रदेशको प्रथम पूर्ण बैठक यही श्रावण १३ गते शनिबारका दिन सर्लाहीको मदन आश्रित भवन लालबन्दीमा मधेश प्रदेशका अध्यक्ष रामजी प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको हो । सो बैठकको प्रमुख अतिथि पूर्व मन्त्री , एमाले पोलिट ब्युरो सदस्य एवं सर्लाही जिल्ला इन्चार्ज ज्वाला कुमारी साहको रहनु भएको थिए ।
उक्त बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा क्षेत्र नं १ इन्चार्ज रन्जना सरकार , पेशागत महासंघ मधेश प्रदेश इन्चार्ज दिनेश्वर ठाकुर , जिल्ला कमिटी उप सचिव प्रकाश थापा लगायत पेशागत महासंघ नेपालका केन्द्रीय सदस्य तथा प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरु एवं विभिन्न घटक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना मन्तव्य राख्नुका साथै आआफन् जिल्लाहरूका बारेमा रिपोर्टिङ गर्नु भएका थिए ।
बैठकले मधेश प्रदेश स्तरीय विभागहरू गठन गरेको छ :-
भेलाले पेशागत महासंघ नेपाल मधेश प्रदेश कमिटीलाई पूर्णता दिँदै संगठन विभागको संयोजकमा योगेन्द्र महतोको , महिला विभागको संयोजकमा बिमला थापा , आर्थिक विभागको संयोजकमा जयचन्द्र यादव , प्रशिक्षण तथा स्कूल विभागको संयोजकमा रामशंकर प्रसाद र प्रचार प्रसार तथा प्रकाशन विभागको संयोजकमा अनिल कुमार पाण्डेलाई चयन गरेको छ । त्यस्तैगरी पेशागत महासंघ नेपाल मधेश प्रदेश अध्यक्ष रामजी प्रसाद चौहानको अध्यक्षतामा ७ सदस्यीय सचिवालय कमिटी गठन गरेको छ । साथै ९ सदस्यीय सल्हाकार समिति गठन गरेको अध्यक्ष चौहानले बताए ।
असोज ५ र ६ गते हुने नेकपा एमालेको प्रदेश कमिटीको अधिवेशनमा पेशागत महासंघ नेपाल मधेश प्रदेशको सक्रिय रहने निर्णय गरी प्रधान कार्यालय वीरगन्ज र सम्पर्क कार्यालय धनुषा राख्ने निर्णय लगायत अन्य थुप्रै निर्णय गरिएको अध्यक्ष चौहानले बताए ।
जनसँगठन समन्वय समयन्त्रका इन्चार्ज एवं प्रदेश सभा सदस्य सरोज यादव र जनसँगठन समन्वय समयन्त्रका प्रमुख आरती भण्डारीको निर्देशनमा बसेको बैठकले ५१ प्रतिशत मत ल्याउने योजना साथ अगाडि बढेको मिशन ग्रास रुट २०८४ लाई सफल बनाउनका लागि विस्तृत छलफल गरिएको अध्यक्ष चौहानले बताए ।
बैठकमा नेकपा एमालेका पार्टी नेता, नेकपा एमाले निकट विभिन्न जनवर्गीय संगठनका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।