वीरगन्ज १० बैशाख : वीरगंज उद्योग वाणिज्य सङ्घले नेपाल पत्रकार महासङ्घका निर्वाचित पदाधिकारी सदस्यहरुलाई सम्मानित गरेको छ । चैत्र २५ गते सम्पन्न निर्वाचनमा केन्द्र,प्रदेश र जिल्लामा निर्वाचित भएकाहरुलाई सङ्घमा आज कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको हो ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल उपाध्यक्ष हरि गौतम, अर्का उपाध्यक्ष माधव राजपालले नेपाल पत्रकार महासङ्घको सचिव (मधेसी)मा निर्वाचित दिपेन्द्र चँैहान, केन्द्रीय सदस्य (प्रदेशबाट) केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, सदस्य लक्ष्मी खरेल र शाखा अध्यक्ष अनुप तिवारी, उपाध्यक्ष युवराज खड्का, उपाध्यक्ष (महिला) सुषमा शर्मा, सचिव भूषण यादव, सहसचिव जियालाल साह, सहसचिव (समावेशी) जितेन्द्र साह, कोषाध्यक्ष सञ्जीव मिश्रलगायत सदस्यहरु तथा केन्द्रीय परिषद् सदस्य र प्रदेश परिषद् सदस्यलाई पूmलमाला, अबीर, प्रमाणपत्रले सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ताले गर्नु भएको थियो । नेपाल पत्रकार महासङ्घको सचिव (मधेसी)मा निर्वाचित दिपेन्द्र चँैहान , केन्द्रीय सदस्य (प्रदेशबाट) केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष अनुप तिवारीले आ–आफना मन्तब्य राखेका थिए ।