काठमाडौं । नेकपा एमालेले सवै तहको पार्टी कमिटीमा कार्यकारी तहमा रहेका जननिर्वाचित प्रतिनिधिलाई अध्यक्ष र सचिव बन्न रोक लगाएको छ ।
केन्द्रीय सचिवालयको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले आज अन्तर पार्टी निर्देशन (अपानि)–८ जारी जर्दै यस्तो ब्यवस्था गरिएको जनाउ दिनुभएको हो ।
अध्यक्ष ओलीले जारी गर्नुभएको अपानि ८ अनुसार पालिकाका वडाध्यक्ष, प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, प्रदेशसभा सदस्य र संघीय संसदका दुवै सदनका सांसद पार्टीका प्रमुख पदहरु अध्यक्ष र सचिवमा उम्मेद्वार बन्न रोक लगाउने निर्णय गरिएको छ ।
एमालेले प्रदेश अधिवेशनको प्रतिनिधि छनोटमा पनि एक रुपता ल्याउन भन्दै चार वटा बिशेष निर्णय गरेको छ । जसअनुसार पालिकाहरुलाई प्रतिनिधित्वको आधार मान्ने, सदस्य संख्या न्यून रहेको स्थानमा समावेसीताको प्रतिनिधित्वको आधार जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रलाई बनाउन सकिने, पार्टी प्रवेशबाट आएकाको हकमा सम्बन्धित प्रदेशको बिशेषताअनुरुप प्रतिनिधित्वका लागि बिशेष ब्यवस्था गर्ने र ४० बर्ष मुनीका युवा सहभागिता सुनिश्चित हुने गरी प्रतिनिधि चयनको बिधि तय गर्ने रहेका छन ।
यस्तै सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयमा पनि बिशेष निर्णय गरिएको छ ।
यस्ता छन अन्य निर्णय
१. पार्टी र जनसंगठनकोअधिवेशनमा उमेद्वारी शुल्कको व्यवस्थाः हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट समेत प्रतिकूल रहेकोले अधिवेशनमा उमेद्वारी शुल्क अधिकतम् रु। ५०० कायम गर्ने निर्णय गरिएकोछ । विभिन्न पदहरुको उमेद्वारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम् शुल्कको आधारमा मिलाउन निर्देशत गरिएको छ ।
२. सामाजिक सञ्जालकोदुरुपयोगको सन्दर्भः सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगोर झण्डा दुरुप्रयोग भइरहेको छ । यसले पार्टीपंक्ति तथा समाजमा भ्रम सिर्जना गरिरहेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिइएको छ ।
३. बिद्रोहीहरूको सन्दर्भः चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरुको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ । अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने छ ।
४.सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयः
सार्वजनिक कार्यक्रमहरुमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ । कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्व अध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त) पार्टी अध्यक्षबाहेक अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ । कार्यक्रमको मञ्च वक्ताले मात्र प्रयोग गर्नेगरी अतिथी र वक्ताहरुलाई दर्शकदीर्घामा नै मर्यादित ढब्गले आसनको व्यवस्था मिलाउने र कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आशनग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने निर्णय गरिएको छ । कार्यक्रममा व्याच, माला र खादाको अनावश्यक प्रयोग नगर्न र कार्यक्रमलाई भड्किलो नबनाउन समेत निर्देशित गरिएको छ ।