बिरगंज । समाजवादी मोर्चा नेपालको भदौ ४ गतेको बैठकको निर्णय अनुसार भदौ ८ गते हुने मधेस प्रदेश स्तरीय सन्देश सभा तथा अन्तरकृया कार्यक्रमको तैयारीको लागी आज समाजवादी मोर्चा नेपाल सम्बद्ध पर्सा जिल्लामा रहेका दलहरूको सयुक्त बैठक बिरगंजमा सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता एवम जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारीणि समिति सदस्य तथा निबर्तमान मधेस प्रदेशका मुख्यमन्त्री लालबाबू राउतको विशेष उपस्तिथिमासम्पन्न बैठकले समाजवादी मोर्चा नेपालले गर्ने सन्देश सभा तथा अन्तरक्रिया कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सफल बनाउन आ आफ्नो पार्टीका सम्पुर्ण तह र तप्का नेताकार्यकर्ताहरुलाई कार्यक्रममा सहभागीताका लागी अहवान गर्ने निर्णय गरिएको जसपा पर्साका सचीव तबरेज अहमद जनाउनु भएको छ !
बैठकले कार्यक्रमलाई प्रभावकारी एव ब्यवस्थित बनाउन जनता समाजवादी पार्टी नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यक्रम मुल ब्यवस्थापन समिति गठन गरिएको छ जसमा सदस्यहरुमा नेकपा( एकीकृत समाजबादी )पर्साका तर्फबाट जिल्ला अध्यक्ष बालगोपाल थापा, कार्यालय सचिव शंकरलाल कर्ण, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा, सुरेन्द्र गुप्ता, जसपाका जिल्ला सचीव तबरेज अहमद लगायतका रहेका छ्न !
कार्यक्रमका सूचना र सन्देश प्रवाह गर्नका लागि भोलि मोर्चा सम्बद्ध पत्रकारहरुसंग बैठक बसि छलफल गर्ने समेत निर्णय भएको छ !
बैठकमा माओवादी पार्टीका केन्द्रिय सदस्य एवम जितपुर सिमरा उप महानगरपालिका नगर प्रमुख राजन पैडेल, जसपा मधेस प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, माओवादीका तर्फबाट रामदरश प्रसाद कुश्वाहा,नेकपा एसका तर्फबाट शंकरलाल कर्ण र बृजलाल पासवान लगायतको उपस्तिथि रहेको थियो ।
उक्त प्रदेश स्तरीय सन्देश सभा एव अन्तर कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड , पुर्ब प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजबादी )का अध्यक्ष माधव कुमार नेपाल , जनता समाजबादी पार्टीका रास्ट्रिय अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष बिपल्व समेतले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपा जिल्ला सचिव अहमदले बताए ।