पकाहामैनपुर । पर्साको पकाहामैनपुर गाउँपालिका –१ धोरेमा विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण शनिबार बिहान करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।
करेन्ट लागेर स्थानिय इसाम मियाँको ६ वर्षीय छोरी साहुल मियाँको मृत्यु भएको प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवले बताए । उनका अनुसार बिहान १० बजे विद्युत विस्तार गरिएको पोलमा एक्कासी विद्युत प्रवाह भएपछि पोलमा टासिएर बालिका मृत्यु भएको र घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।
विद्युत प्रवाह भइरहेको नाङ्गो तारसहितको पोलमा तार राख्ने इन्सुलेटर नहुँदा पानी परेको बेला पुरै पोलमा पनि करेन्ट लाग्छ भन्ने बुझ्न नसकेका कारण बारीबाट बाटो तिर निस्कने क्रममा २३० भोल्टको करेन्ट प्रवाह भइरहेको पोलमा टेक्दा बालिकाको बिहान १० :०० बजे घटनास्थलमै मृत्यु भएको उनले बताए ।
स्थानीयका अनुसार धेरै दिन देखि पोलमा इन्सुलेटर नरहेको र यसको विषयमा बारम्बार विद्युत प्राधिकरण पोखरीया कार्यालयलाई जानकारी गराउँदा समेत विद्युत प्राधिकरण पोखरीया केन्द्रले समयमा मर्मत नगर्दा यस्तो घटना भएको उनीहरूको भनाइ छ । घटना हुनुमा विद्युत प्राधिकरणसँगै गाउँपालिकाको पनि कमजोरी रहेको बताउँदै उनीहरूले भने ,।
अर्का एक स्थानीयका अनुसार पोलबाट धेरै वर्षअघि विद्युत विस्तार गरिएको हो । पुरानो भएर पोलको पनि अवस्था जीर्ण बन्दै गएको पनि प्राधिकरणले पोल त पोल हो त्यसमा रहेको इन्सुलेटर नरहेको खण्डमा अर्को इन्सुलेटर नलाएका कारण हाम्रो गाउँको एक होनहार छोरी गुमाउनु परेको उनको पीडा छ । स्थानीयका अनुसार धोरेमा मात्रै विद्युत विस्तार गरिएकामध्ये कतिपै पोलको अवस्था जीर्ण बनेको र जुनसुकै बेला पनि ढलेर थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ भने उनले बताए ।
घटनापछि स्थानीय बासिन्दाले लापरवाही गरेको भन्दै विद्युत प्राधिकरणका विरुद्ध आक्रोश समेत पोखेका थिए । स्थानीयले प्राधिरकणको लापरवाहीमाथि छानविन गर्नुपर्ने, दोषी कर्मचारीलाई कारवाही हुनुपर्ने, अगामी दिनमा यस्तो गल्ती दोहोर्याउने नहुने, कमजोर अवस्थामा रहेका पोल तत्काल परिवर्तन गर्नुपर्ने र पीडितलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।
विद्युत प्राधिकरण पोखरीया शाखा प्रमुख जगरनाथ झाले भने करेन्ट लागेर बालकको मृत्यु भएको घटनामा प्राधिकरणको कमजोरी नभएको बताएका छन् । उनले भनेका छन्, तीन दीन देखि लगातार भएको वर्षाले ‘वर्षौँदेखिको रहेको पोलमा नजिक रहेको बासले धक्का दिदाँ राति मात्र इन्सुलेटर फुटेको र हामीलाई जानकारी नभएको बताए । हामीले जानकारी पाउन साथ तुरुन्तै काम गरिरहेको बताए । बासले लडेर रातिमा इन्सुलेटर टुटेको र नाङ्गो तार पोलमा टासिदा पोल विद्युत प्रवाह भएको बेला ति बालिकाले नजिक रहेको बारीमा आम्बा टिप्न पुगेका थिईन अम्बा टिपी सकेपछि घर फर्किने बेला नाली पार गर्दा उनले ढलेर पोल समातेका कारण उनको दुःखद् घटना हुन पुग्यो ।’