बारा । यु.एन.डिपी र ए.टु.जे को सहयोगमा बारा जिल्ला अदालत बार एशोसिएशनको सहकार्यमा पि.डी.एस - नेपाल आयोजक भई घुम्ती कानूनी सहायता शिविर २०८०/५/९ मा सिम्रौनगढ नगरपालिकाको वडा नं ६ सिम्रौनगढ बजारमा सम्पन्न भएको छ । कानूनी सहजकर्ताहरुले कानूनी परामर्श, कानूनी सहयोग र कानूनी साक्षरता समेतको कार्य घुम्ती कानूनी सहायता शिविर राखेर नै गरेका थिए ।
उक्त शिविरमा स्थानिय महिलाहरु, पिछडिएका व्यक्तिहरु, असहाय र गरीब व्यक्तिहरूलाई विशेष प्राथमिकता दिई संविधानमा रहेको महिला हक, महिला शसक्तिकरण , मौलिक हक, संवैधानिक हक, आधारभूत कानुनका ज्ञान जस्ता विषयहरुको बारेमा सचेतना गराइएको तथा आवश्यक व्यक्तिहरुलाई Needy Person लाई उहाँहरूले कानूनी परामर्श, कानूनी सहयोग निशुल्क प्रदान गरी कार्यक्रम सम्पन्न गरेका थिए ।
"उक्त अभियान निरन्तर रुपमा संचालन गर्दैछौँ, हामी गाउँघरमा पुगेरै उक्त कार्यक्रम संचालन गर्ने गरेका छौँ , हाम्रो उद्देश्य कानुन सम्बन्धी जानकारीबाट र कानूनी सेवाबाट कोही बन्चित नहोस् भनी उक्त अभियान चलाएको पि.डि.एस नेपालका अधिवक्ता राजेन्द्र प्रसादले बताए ।"
उक्त अभियानमा एशोसिएसनका उपाध्यक्ष चन्द्रिका प्रसाद यादव, कोषाध्यक्ष सुर्य जित सिंह लगायतले उल्लेखनीय कानूनी परामर्श, कानूनी सहयोग दिनु भएका थिए ।