वीरगन्ज । पर्साको सीमावर्ती क्षेत्रमा लागुऔषध कारोबारले तीव्रता लिएसँगै प्रहरी पनि सक्रियता साथ दिन प्रति दिन ठूलो मात्रामा लागुऔध बरामद गरेको पाइएको छ ।
हिजो बिहान मात्र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसी र प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने माधोलाल मेहताको घरमा छापा मारी १ सय ७३ केजी ५०० ग्राम लागूऔषध गाँजा बरामद गरेको घटनाले अहिले जिल्लामा समेत हलचल उत्पन्न भएको छ ।
प्रहरीले छापा मारी माधोलाल मेहताको घर भित्रबाट १ सय ७३ केजी ५०० ग्राम गाँजा बरामद गरे सँगै लागुऔषध कारोबारमा संलग्न रहेका सम्पूर्ण व्यक्तिको निगरानी राखी अनुसन्धान सुरु गरे साथ अनुसन्धानमा बाधा पुर्याउने र मात्र माधोलाल मेहतालाई प्रहरी समक्ष आत्मसमर्पण गराएर बाँकी लागुऔषध कारोबारीलाई बचाउन घटनालाई ढाकछोप गर्नका लागि ठूला ठूला नेता तथा स्थानिय जनप्रतिनिधिहरू विभिन्न खाले प्रस्ताव बोकेर प्रहरी कार्यालयमा बिचौलियाको काममा सक्रिय भएर लागेका छन् ।
जसले गर्दा प्रहरीको अनुसन्धान पनि कतै बिचौलीयादेखि माफियाको प्रभावमा पर्ने हो कि भन्ने विषयले अहिले जिल्लामा चर्चा र बहस पनि सुरु भएको छ ।
अहिले शासन सञ्चालनमा नै बिचौलिया, तस्कर र माफियाको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहँदै आइरहेकोले यो अवस्थामा इलाका प्रहरी पोखरीयाको लागुऔष छापा प्रकरणमा पनि माफिया र बिचौलिया हस्तक्षेप हुने हो कि भन्ने आशंका उत्पन्न भएको यहाँका एक समाजसेवीले बताए ।
यहाँको राजनीतिक र प्रशासनिक नेतृत्वलाई नै खरिद बिक्री गर्नेसम्मको हैसियत लागुऔषध कारोबारी तथा तिनका संरक्षकहरु र बिचौलियाले राख्ने स्थानियहरुले आरोप लगाएका छन् ।
माफिया र बिचौलियालाई नियन्त्रण गर्नुको साटो उनीहरूसँग मिलेमतो गरिरहेका छनन् कि भन्ने प्रश्न समेत उब्जन पुगेको यहाँका बासीहरु बताउँछन् ।
प्रहरीले आफ्ना सबै संयन्त्रलाई बिचौलिया र माफियाको घेराबाट पूर्णरूपमा अलग राखी सुशासन कायम गर्न प्रहरीको निकायलाई चुस्त दुरुस्त बनाउनुपर्ने उनीहरूको माग छ ।
प्रहरीले लागूऔषध गाँजाको कारोबार गर्नेलाई एक एक गरेर पहिचान गर्दै कानुनी दायरामा ल्याउन आवश्यक रहेको स्थानीय बताउँछन् ।
स्रोतका अनुसार गएको ४ सेप्टेम्बरको बिहान करिब ७ बजेको समयमा माधोलाल मेहताको छोरा रुपेश मेहता र उनका २ जना साथीहरु गाँजा किन्न वीरगंजबाट एक अटो रिर्जभ गरी हेटौंडा गएका थिए । नाम नखुलाउने शर्तमा एक जनाले हामी सँग भने उनीहरूले २० लाख बराबरको रकम लिएर हेटौंडा पुगे र त्यहाँ अन्य अटो बाट आएका उनका साथीहरुसंग उनीहरू गए । यदि प्रहरीले राम्रोसंग अनुसन्धान सुरु गर्यो भने ४ सेप्टेम्बरको वीरगन्ज देखि हेटौंडासम्म बाटोमा रहेको सिसिटिभी फुटेज हेर्यो भने प्रष्ठ हुने हो को को लागूऔषध कारोबारी संग्लन रहेका छन ।