वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकामा उपाध्यक्ष सर्फुन नेशा निर्वाचित भए लगत्तै देखि पालिकाको सम्पूर्ण कामकाज उनका श्रीमान नर्शुल्लाह मियाँले गर्दै आएका छन् ।
उनी मात्र नामको लागि निर्वाचित भएकी स्थानियहरुले समेत आरोप लगाएका छन् भने यो कुरा अस्थि ४ / ५ दिन अगाडि सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरले पनि प्रष्ट पारेको छ ।
उक्त तस्बिर पोस्ट गर्दै त्यही पालिकाका एक कर्मचारीले लिखेका छन् कि ( पर्साको पकहामैनपुर गाउपलिकामा न्यायिक समितिद्वारा छलफल ) यति लेखेर उनले आफ्नो फेसबुक वालमा फोटो राखी पोस्ट गरेका छन् ।
उक्त फोटोमा उपाध्यक्ष नेशाको कुर्सी खाली रहेको देखिएको छ भने उनी बस्ने कुर्सीको छेउमा उनका श्रीमान सहित अन्य जनप्रतिनिधि तथा गाउँघरका बुद्धिजीवीहरु पनि बसेका छन् ।
उनीहरूले बसेर न्यायिक समितिमा परेको उजुरीमाथि छलफल गरिरहेका थिए । छलफलको बेला उपाध्यक्षको सहभागिता हुनु पर्नेमा उनको गैर उपस्थितिमा उनका श्रीमान नर्शुल्लाह मियाँले छलफल गराइरहेका थिए ।
मियाँले पालिकाको न्यायिक समितिमा परेको उजुरीमाथि छलफल गर्दै उनी आफ्ना निकट कार्यकर्ता माथि परेको उजुरीमाथि छलफल नै नगराई आफूखुसी जे मन लाग्छ त्यो गर्ने गरेको स्थानियहरुले आरोप लगाएका छन् । उनी निष्पक्ष रुपमा छलफल नगरी उपाध्यक्षको श्रीमान भएर आफू उपाध्यक्ष झै सम्झेर पैसाको लोभ लालचमा परी छलफल गराइरहेका छन् भने पनि उनीहरूको आरोप छ ।
उनी उपाध्यक्ष नेसा निर्वाचित भए लगतै उनलाई अहिले सम्म केही कुराको ज्ञान छैन । उनले गर्ने सम्पूर्ण कामकाज उनका श्रीमान मियाँले गर्दै आएका कारण उनीलाई अहिले सम्म न्यायिक समितिको बारेमा अनुभव हुन सकेको छैन ।
यति मात्र होइन उनका श्रीमान मियाँले उनको हस्ताक्षर समेत आफैले गर्दै आएका छन् भने स्थानियहरुले समेत आरोप लगाएका छन् ।
यस विषयमा मियाँसँग बुझदा मैले केही नगरी पालिकाको सम्पूर्ण कामकाज उपाध्यक्ष नेसा गर्नु हुन्छ । उहाँ त्यो दिन छलफलमा बस्नु भएको थियो एकछिन बाहिर जाँदा त्यो फोटो खिचिएको छ । उपाध्यक्षले गर्ने सम्पूर्ण कामकाज उनी नै गर्दै आइरहेका छिन् । मैले केही नगरेको प्रतिक्रिया दिए ।