वीरगन्ज । संविधान दिवसको अवसरमा घन्टाघरमा अवस्थित शहिद पार्कमा रहेका शहिदको शालिकमा माल्यार्पण कार्यक्रम जनता समाजवादी पार्टी नेपाल पर्साको जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रिय नेता, प्रदेश स्तरीय नेता तथा जिल्ला तहका अगुवा नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
कार्यक्रममा माल्यार्पण गर्दै जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य फिरोज मन्सुरले आजैका दिन सहादत प्राप्त गरेका सम्पुर्ण मधेसी शहिदलाइ सम्मान अर्पण गर्दै मालयर्पण गरिएको बताउनु भयो साथै संविधान जारी भएतापनी यो संविधानमा कयै प्राबधान मधेस, मधेसी र शोषण उत्पीडिनमा परेको हितमा नरहेको साथै अझै यसमा सुधार एवम् संशोधन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, प्रदेश उपाध्यक्ष बृजमोहन तिवारी, प्रदेश सदस्य माहाराज यादव, बिरेन्द्र प्रसाद यादव, जिल्ला सचीव तबरेज अहमद, उपसचिव सुनिल कुमार कुश्वाहा, जिल्ला कार्यकारीणि समिति सदस्य श्यामबाबू चौरासीया, जिल्ला सदस्य मुमताज देवान ,समाजवादी मुस्लिम संघका बरिस्ठ उपाध्यक्ष अब्दुल रौउफ अन्सारी, क्षेत्रीय अध्यक्षहरु कामेश्वर पन्डित, घनश्यामबाबू गुप्ता, उपाध्यक्ष तुफैल अख्तर, बिमनपा २१ का एकाइ समिति अध्यक्ष निरन्जन पटेल, ८ का वडा अध्यक्ष रितेश गुप्ता, युवानेता गोपि यादव, बिद्यार्थी नेताहरू सागिर आलम, आबिद आलम लगायतका उपस्तिथि रहेको जानकारी जिल्ला सचीव अहमदले जानकारी दिए ।
त्यस्तै असोज ३ गते संविधान जारी भएकै दिन सहादत प्राप्त गरेका शहिदका शालिकमा पार्टीका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मी, जिल्ला सह इन्चार्ज दिपक यादव, जिल्ला सदस्य बिरेन्द्र यादव, युवानेता अमित यादव लगायतले तिवावे पुलमा अवस्थित शालीकमा माल्यार्ण गरि श्रद्धासुमन अर्पण गरेका छन् !
आजै बेलुका ४ बजे पोखरीया पनि शहिदहरुलाइ श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी जिल्ला सचीव अहमदले जानकारी गराउनु भयो !