वीरगन्ज । इलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसी र प्रहरी चौकी धोरेका असई श्रीप्रसाद यादवको कमान्डमा खटिएको टोलीले गत भाद्र २७ गते बिहान ६:०० बजेको समयमा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरेबाट १ सय ७३ किलो ५०० ग्राम गाँजा बरामद गरेको थियो ।
धोरे कै माधोलाल मेहताको घरमा छापा लगाएर प्रहरीले उक्त परिमाणको लागूऔषध गाँजा बरामद गरेको थियो ।
आश्चर्यको विषय के छ भने नेपालमा नै गाँजा खेती बन्द गरिएको अवस्थामा त्यति धेरै मात्रामा लागुऔषध गाँजा धोरेमा कहाँबाट आयो भने प्रश्न आम जनसमुदायमा चर्चाको विषय बनेको छ ।
स्रोतका अनुसार गएको भाद्र १८ गतेका दिन गाँजा बरामद भएका घरवाला माधोलाल मेहताको छोरा रुपेश मेहता र उनका अन्य दुईजना साथीहरु मिली तीन जना वीरगंजबाट गाँजा किन्नका लागि हेटौंडा गएका थिए ।
स्रोतका अनुसार उनीहरूले हेटौंडाबाट नै ५ क्विन्टल गाँजा किनेका थिए । उनीहरूले हेटौंडाबाट बालुवा , गिट्टी र ढुंगा बोक्ने टिपर , पेप्सी बोक्ने पिकअप र अटोको माध्यमले हेटौंडाबाट वीरगन्ज हुँदै धोरे सम्म ल्याउने गर्दछन । हेटौंडाबाट पर्साको धोरेसम्म आउनु भने कम दुरीको बाटो होइन धोरेसम्म पुग्नु भनेको बाटोमा कम्तीमा १० वटा ठाउँमा प्रहरीको चेकिङ्ग हुन्छ्न् त्यो सबै चेकिङ्ग पार गरेर आउनु भनेको प्रहरीको मिलोमतो पनि हुन्न सक्ने अनुमान गरिएको छ ।
टिपरको माध्यमबाट बालुवा, गिट्टी र ढुंगा भित्र क्षुपाएर ल्याउने गाँजा निकाली सके पछि उक्त बालुवा गिट्टी र ढुंगा त्यहाँको क्रसरवालाहरुसंग आधी मूल्यमा बेच्ने गरेका छन् त्यस्तै पेप्सी लोड पिकअप ल्याउने र गाँजा उतारी सके पछि पकाहाँ मैनपुरको मधुबनी चौकमा रहेको एक मदिरा तथा सेकुवा पसललाई आधी मूल्य बेच्ने गरेका छ्न् ।
१० दिन भित्रमा लागूऔषध कारोबारमा भरियाको काम गर्ने दुई जना पक्राउ परे पनि मुख्य कारोबारी पक्राउ परेका छैनन् । उनीहरूको गिरोहमा नै काम गर्ने धोरेका एक जना सहनी थर भएका केटा छापामारी पछि बाँकी रहेको ३० किलोग्राम गाँजा भरत तर्फ लाग्दै गरेको अवस्थामा नेपालको धोरे र भारतको सिध्वलिया दसगजा क्षेत्रबाट भारतीय प्रहरीले पक्राउ गरेको थियो ।
जब उक्त सीमानाकामा सशस्त्र प्रहरी बल पकाहामैनपुर र प्रहरी चौकी धोरेका प्रहरी चेकिङ्गमा खटेका हुन्छन् उनीहरुले समात्न सकेनन तर ठीक त्यसको पारी बसेका भारतीय एस एस बिले गाँजासहित त्यो केटालाई पक्राउ गर्न सफल भयो ।
अर्का एकजना मधुबनी बस्ने एकल महिला पनि हेटौडाबाट गाँजा ल्याउँदै गरेको अवस्थामा गाँजा सहित उनी पक्राउ परेका छिन् । लागु औषध धोरे काण्डमा जहिले पनि भरिया नै पक्राउ पर्दै आएका छन् । मुख्य कारोबारी पक्राउ नपर्नुको कारण के होला भने स्थानिय बसीहरुमा पनि बहस हुन थालेको छ ।
प्रहरीले गएको २७ गते नै बिहान ६ बजे माधोलाल मेहताको घरबाट १ सय ७३ केजी ५०० ग्राम गाँजा बरामद गरेपनि हालसम्म एकजनालाई पनि नियन्त्रमा लिन सकेको छैन । माधोलाल मेहताको श्रीमतीलाई प्रहरीले पक्राउ गरेर छोडिदिएको स्थानिय प्रत्यक्षदर्शी बताउँछन् ।