वीरगन्ज / वीरगन्जका लोकप्रिय युवा नेता महादेव कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको घोषणा गरेका छन ।
उनले केहि दिन अगाडी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपि आर्याल संग भेटेको तस्बीर सार्वजनिक गर्दै उक्त पार्टीमा प्रवेश गरेको घोषणा गरेका हुन ।
वीरगन्ज १४ पिपरा निवासी युवा नेता कुर्मी मधेसी सहिद दिलिप चौरसीयाको घरमा पार्टीका उपाध्यक्ष अर्याल संग भेटघाट गरेको तस्बिर समाजिक संजालमा सार्वजनिक गरेका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश पछि समाजिक संजालमा उनले अब नयाँ सोचले सबैको सल्लाह सुझावले अगाडि बढ्ने बताएका छन ।
साथै कुर्मीले स्वतन्त्र पार्टी संग जुट्ने चाहने साथी दाजुभाइ तथा अग्रजहरुलाई सम्पर्क गर्न पनि आग्रह गरेका छन । उनले अब मिसन २०८४ को लागि हामी आफ्नो लागि,आफ्नो समाजको लागि,देशको लागि र स्वच्छ राजनितिकको लागि सबैलाई जुट्न अपिल पनि गरेका छन ।
उनले गत असोज १० मा जनता समाजबादी पार्टी पुर्ण रुपमा परित्याग गरि स्वतन्त्र भएको घोषणा गरेका थिए । विगतको समयमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह संगै बसेर बर्सौ देखि काम गर्दै आएको र राजनितिक धोका भएपछि अलग भएको बताएका थिए ।
समाजिक संजाल उनको पोष्ट यस्तो छ ।
आज म राष्ट्रिय स्वतन्त्र पार्टी जस्को चुनावी चिन्ह घण्टी छाप हो त्यस्मा प्रबेश गरेको घोषण गर्दछु।अब नयाँ सोचले सबैको सल्लाह सुझावले अगाडि बढ्ने छु।हामी संग जुट्ने चाहने साथी दाजु भाइ तथा अग्रजहरु कृपया हामी संग सम्पर्क गर्नुहोला।
अब मिसन २०८४ को लागि हामी आफ्नो लागि, आफ्नो समाजको लागि,देशको लागि र स्वक्छ राजनितिकको लागि सबै जुटौ।
राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रिय उपाध्यक्ष तथा भु.पु. मन्त्री आदरणीय दाइ डि.पि अर्याल जि संग पर्सा जिल्लाको मधेसि सहिद दिलिप चौरसियाको घरमा
जय घण्टी