वीरगन्ज । वीरगन्जमा जनमत पार्टीले इन्धन लगायत दैनिक उपभाेग्य वस्तुमा दिनहुँ भईरहेकाे मुल्यवृद्धि विरुद्ध प्रदर्शन गरेकाे छ।
जनमत पार्टीका युवा, विद्यार्थी र महिला नेता कार्यकर्ताले घण्टाघर चाेकमा नाराबाजीसहित विराेध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी जनमतका नेता कार्यकर्ताले मुल्यवृद्धी बन्द गर, जनताकाे डाढ सेक्न पाइदैन,नेपाल सरकार खबरदार लगायतका नारा लगाएका थिए।
प्रदर्शनपछि घणटघर चाेकमै आयाेजित काेणसभामा बाेल्दै जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सर्राफले प्रचण्ड नेतृत्वको सरकार जनतामारा साबित भइरहेकाे बताए ।
आम सर्वसाधारण जनता र मजदुरकाे काम नपाएर आम्दानी घट्दै गएकाे र युवाहरुकाे राेजगारी खाेसिदै गएकाे बेला सरकारले दैनिक उपभाेग्य वस्तुमा दिनहुँ मुल्य वृद्धि गरेर जनतामारा काम गरिरहेकाे उनले बताए ।मुल्य वृद्ध तत्काल नराेकिए जनताकाे साथलिएर जनमत पार्टी सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिए।
प्रदर्शनमा सर्राफसंगै जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, पर्सा सहसंयाेजक मुकेश द्विवेदी,युवा जनमत संघ पर्साका संयाेजक राजुराज गिरी, विद्यार्थी जनमत संघ पर्साका संयाेजक विवेक झा, युवा जनमत संघका वीरगन्ज महानगर संयाेजक सन्जय सिंह, विशाल गुप्ता, पवन ठाकुर लगायतको सहभागीता थियाे ।