वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा शिक्षक सरुवाविरुद्ध केही शिक्षकहरुले आफू अनुकूल सरुवा नभएको भन्दै विद्यार्थीहरुलाई उचालेर आन्दोलन गर्न सडकमा उत्रेका थिए ।
विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयको स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सरुवाको विषयलाई लिएर पठनपाठनको राम्रो व्यवस्था नभएको भन्दै विद्यार्थीहरुलाई उचालेर पालिकामा आन्दोलन गर्न लगाएका थिए ।
आन्दोलनरत्न विद्यार्थीहरूले पढाई लेखाई , बस्ने बेच्न , शौचालय , धारा लगायतको राम्रो व्यवस्था नभएको भन्दै आन्दोलनमा होमिएको बताएका छन् ।
आन्दोलनमा आएका झौवा विद्यालय , गर्दौल विद्यालय र बहुवर्वा विद्यालयका विद्यार्थीहरु मध्ये केही विद्यार्थीहरुलाई पालिका अध्यक्ष प्रमोद तिवारीले आफ्नो कार्यकक्षमा बोलाई उनीहरूको समस्या बुझी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पछि उनीहरूले आन्दोलन स्थगित गरी घर फर्केका हुन् ।
उनीहरूको आन्दोलनमा प्रहरीले कुनै किसिमको हस्तक्षेप नगरेको उनीहरूले चलाएको ढुङ्गा मुढाले आफै उनिहरुलाई लागेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले बताए ।
अर्का एक प्रत्यकदर्शीका अनुसार विद्यार्थीहरुलाई कुनै किसिमको प्रहरीद्वारा हस्तक्षेप नगरिएको साथै उनीहरूले आफै बेटाडिन र कपास जूट लगाएर आएको बताए । विद्यार्थीहरुलाई कुनै किसिमको चोट पटक लागेको छैन भने उनले बताए ।
उनीहरूले विद्यालयमा समेत तोडफोड गरी आगजनी समेत गरेका छन् । उनीहरूले गरेको आगजनीबाट विद्यालयमा ५ लाख बराबरको क्षति भएको पालिकाको कार्यालयले जनाएको छ ।