वीरगञ्जमा रहेका सामाजिक संघ संस्थाहरुको प्रतिनीधिबाट गठन भएको वीरगञ्ज सामाजिक संस्था महासंघका पदाधिकारीहरुलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको छ । १८ वटा संघ संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा शनिवार टाउनहलको सभाहलमा आयोजित कार्यक्रममा गठन भएका नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण तथा सपथ ग्रहण गराइएको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यसहित उपस्थित विशिष्ट अतिथि, अतिथिहरुले दीप प्रजवलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि प्राध्यापक डाक्टर दिपक शाक्यले संस्थापक तथा मानार्थ समितिलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए । मानार्थ समितिबाट अध्यक्षमा चयन गरिएका अध्यक्ष सरार्फले नयाँ कार्य समितिलाई सपथ खुवाएका थिए ।
गत शनिबार जम्मा भएको भेलाबाट किशन सर्राफको अध्यक्षतामा महासंघ गठन गरिएको थियो । महासंघको उपाध्यक्षमा सानु गुप्ता र खुशी रौनियार, महासचिवमा बिकी सर्राफ, सचिवमा पवन यादव, सहसचिवमा आदर्श ठाकुर, कोषाध्यक्षमा राज शाह र सहकोषाध्यक्षमा ऋषु वर्मा चयन भएका हुन ।
यस्तै महासंघको प्रशासन प्रमुखको जिम्मेवारी ओम कुमार झा, सह प्रशासन प्रमुखमा शिवराज पटेललाई दिइएको छ । सिद्धार्थ गुप्ताले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने विवेक झालाई प्रवक्ता तोकिएको छ । सहसंयोजक सुजल ठाकुर रहनेछन् भने सदस्य संयोजकमा नीतीश वर्णवाल, कार्यक्रम संयोजकमा बिकी गुप्ता चयन भएका हुन ।
संस्थापक तथा मानार्थ समितिको प्रमुखमा ओशन गुप्ता चयन भएका छन् । संस्थापक तथा मानार्थ समिति सदस्यमा किशन सर्राफ, बिकी सर्राफ, सानु गुप्ता, आयुष गुप्ता, रणधीर बर्णवाल र मधुरंजन शाह रहेका छन् ।
आयुष गुप्ता र आकाश दासलाई सूचना तथा प्रविधि विभागको जिम्मेवारी दिइएको छ । वीरगञ्जमा रहेका विभिन्न १८ वटा सामाजिक संघ संस्थाका प्रतिनीधिहरुबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको हो ।
सो कार्यक्रममा व्यवस्थित वीरगञ्ज अभियानका दिलिपराज कार्की, जनमतका ओमप्रकाश सरार्फ, भोलेन्टियर समुहका राजन श्रीवास्तव, मानवसेवा आश्रमका देवेश गुप्ता, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन सुर्य शुभचिन्तक र शिक्षाले गर्नुभएको थियो ।