वीरगंज । बारा जिल्लाको मटिआर्वा , मुसहरवा र छतवा सीमानाकामा सुरक्षा , तस्करी र अवैध क्रिायकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी र जनपत प्रहरीको मिलोमतोमा राँंगा भैंसी, कपडा , किराना सरसामान , रजनी गन्धा तुलसी , पटाका , जूता , सुर्ती र कवाडको तस्करी भईरहेको छ ।
तस्करहरुले जिल्ला प्रहरी कार्यालय बाराका क्राइम ब्रान्चका असई रवि साह , वरिष्ठ हवल्दार विजय यादव , रवीन्द्र प्रसाद यादव र सशस्त्र प्रहरीसंग समन्वय गर्नको निम्ति लाखौ रुपैया नजराना दिएपछि तस्करीको कार्य सुचारु भएको हो ।
मटिआर्वा सिमानाका हुदै दिनप्रति दिन कवाड , राँंगा,भैसी ,कपडा र किराना समान लगायतका तस्कर गिरोहहरुले बारा प्रहरीको क्राइम ब्रान्च र बोर्डर आउट पोष्ट (बिओपी ) प्रमुखलाई मासिक लाखौ रुपैया बुझे पश्चात तस्करीको लाईन दिएको नाम नखुलाउने शर्तमा प्रहरी कै एक कर्मचारीले जानकारी दिएका छन् ।
रातिको समयमा प्रति दिन लाखौं लाखौंको मालसमानहरु सीमा नाका हुदै आयात निर्यात हुने गरेको छ ।सीमावर्ती क्षेत्र मुशहरवाबाट रांगा भैंसी , रजनीगान्धा तुलसी र कपडा लगायतको सामानहरू भारतबाट आउने र नेपालबाट लागुऔषध मदिरा तस्करीको ठुलो लाईन चलेको छ ।
जिल्ला प्रहरी कार्यालय बारा प्रमुखलाई २ लाख र माथिल्लो निकायको भाग पनि छुट्याएर प्रहरी चौकी मार्फत पठाउने गरी क्राइम ब्रान्चका प्रहरीले तस्करहरुसंग रकम लिई लाइन दिएको एक प्रहरीले बताएका छन् ।
छतवाबाट जूता , सुर्ती र कपडाको रातिको समयमा प्रहरीसंगको सेटिङमा तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । बारा जिल्लाको सिमानाकामा हुने तस्करीमा पूर्व मेयरको पनि संग्लनता रहेको छ । बारा जिल्लाको सीमा नाकाबाट हुने तस्करीको लाईन त्यहाँ कै ५ / ७ जना तस्करहरु र बारा प्रहरीको मिलोमतोमा तस्करी भइरहेको छ ।
प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बदिराम न्यौपानेले हामीले तस्करी हुने सूचना पाउन साथ तस्कर सहित सामानहरू पनि नियन्त्रणमा लिने गरेका छौ । तस्करीमा संलग्न जो कोई भए पनि हामीले छोड्ने छैन । खुल्ला सिमानाका भएकोले अहिले पहिलाको भन्दा धेरै कम भइरहेको छ त्यो पनि नियन्त्रणमा लिन हामीले ठाउँ ठाउँमा चेक पोइन्ट र प्रहरी परिचालन गरेका छौ भनी प्रतिक्रिया दिए ।