पर्सा । सोझा साझा गाउँलेलाई किर्ते कागजात गरेर अकूल सम्पति कमाउन सफल भएका डिभिजन बन कार्यालय पर्साका अधिकृत रेयाज अन्सारी ठगी मुदामा पक्राउ परेका छन् ।
उनीमाथि किर्ते काजगात बनाएर सर्वसाधारणलाई ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्सा उजुरी परेको पछि उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।
उनीमाथि ठगी गरेको विषयमा उजुरी परेपछि छानविन गर्न उनलाई जिल्ला प्रशासन कार्यालय पर्सामा ल्याई च छलफल गराउँदा उनी छलफलबाट फरार भएका थिए । छलफलबाट फरार भएका अधिकृत अन्सारीलाई ३ महिना पछि अस्थी प्रहरीले पक्राउ गरेको छ ।
अधिकृत अन्सारीले विश्वनाथलाई ७ लाख रुपैयाँ दिई विश्वनाथको नाममा रहेको ३ बिगाहा १० कठ्ठा जग्गा अधिकृत अन्सारीले आफ्नो बहिनी सायरा खातुन र कौशल कुमार श्रीवास्तवको नाममा रोक्का गराएका थिए ।
विश्वनाथले अधिकृत अन्सारीको रकम फिर्ता गरे पनि रोक्का गरिएको जग्गा विश्वनाथलाई फिर्ता नगरे पछि जिल्ला प्रशासन कार्यालय पर्सामा विश्वनाथले निवेदन दिएका थिए ।
उनको निवेदन माथि छलफल हुँदा अधिकृत अन्सारीले ठगी गरेको कुरा खुल्दै जाँदा अधिकृत अन्सारी डरले छलफलबाट फरार भएका थिए ।
यता कौशल श्रीवास्तवले उक्त जमीन मेरो नाममा पास गरी दिने बापत अधिकृत अन्सारीले मसँग ६० लाख रकम लिएको बताए । साथै उक्त दिएको रकम बापत अधिकृत अन्सारीले मलाई १ करोडको चेक दिएको र जग्गा पास नगरी पैसा नलिएको भन्दै म माथि उल्टै मीटर व्याजिको निवेदन पनि अधिकृत अन्सारीले दिएको बताए ।
फरार रहेका अधिकृत अन्सारीलाई अस्ति पक्राउ गरी आवश्कय छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लामसालले बताए । साथै हिजो बोलाइएको छलफलमा सम्बन्धित मानिसहरू उपस्थित नहुँदा आज फेरि सबैलाई बोलाई छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी लामसालले बताए ।
अधिकृत अन्सारीको डिभिजन बन कार्यालय पर्साबाट सातौं तह अधिकृतमा बढुवा सिफारिस भई डिभिजन बन कार्यालय सप्तरीमा सरुवा भएकोमा उनी हालसम्म पर्साबाट रवाना नबुझी यतै कार्यरत रहेका थिए ।