वीरगन्ज । वीरगन्जमा करिब पाँच करोड भन्दा बढीको लगानीमा सुविधासम्पन्न होटल विराज एण्ड प्लाजा सञ्चालनमा आएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित आर्मी ब्यारेकको पछाडिको चोकमै रहेको नवनिर्मित ६ तल्ले भवनमा होटल विराज एण्ड प्लाजा सञ्चालनमा आएको हो ।
लिंकरोडबाट प्रभु हस्प्टिल जाने बाटोका चोकमै खुलेको होटल विराज एण्ड प्लाजामा पूर्ण वातानाकुलित (फुल एसी) सहितका १० वटा स्वीट रुम र पाँच वटा डिलक्स कोठा छन् । होटलमै स्वादिष्ट खानका परिकार र पेय पदार्थ उपल्बध हुने आकर्षक रेष्टुरेण्टपनि छ ।
सवारी पार्किङ र विद्युतीय भर्याङ (लिफ्ट) को समेत सुविधा रहेको होटल विराज एण्ड प्लाजामा फ्रि वाई फाईकोपनि सुविधा उपलब्ध रहेको होटलका सञ्चालक मनोज गुप्ताले जानकारी दिए ।
वीरगन्जका नाम चलेका ठूला होटलमा उपलब्ध हुने सबै सेवाहरु होटल विराज एण्ड प्लाजामापनि उपलब्ध रहेको उनले बताए । तर होटलको कोठा भाडा र रेष्टुरेण्टको शुल्क भने वीरगन्जका ठूला होटलको भन्दा निक्कै सस्तो रहेको उनले बताए ।
उनले भने,‘ स्वीट रुमको एक रात बास बसेको चार्ज ३ हजार रुपैयाँमात्र छ । यस्तै डलब बेडको डिलक्स रुमको चार्जपनि २ हजार पाँच सय रुपैयाँमात्र रहेको छ । हरेक रुममा स्मार्ट टिभी छ । बाथरुममा बाथरुम टिको सेटपनि छ ।हरेक रुपममा छुट्टा छुट्टै इन्टरनेटको राउटरपनि जडान गरेका छौं ।’
सबै कोठामा मिनि बारपनि रहेको जानकारी उनले गराए ।कर्पोरेट ग्राहकका लागि कोठाको शुल्कमा बिशेष छुटकोपनि व्यवस्था गरिएको उनले बताए । गुप्ताले भने,‘ कर्पोरेट गेष्टका लागि रुमको चार्जमा १० प्रतिशत छुट दिइन्छ । यस्तै सबै खालका पेय पदार्थमा १० प्रतिशत र पेय पदार्थ बाहेक अरु खाने कुरामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
उच्च र मध्यम वर्गाका ग्राहकलाई आरामदायी र सर्भसुलभ सेवा उपलब्ध गराउने उदेश्यले होटल विराट एण्ड प्लाजा सञ्चालनमा ल्याइएको सञ्चालक गुप्ताले बताए ।