कालिकामाई । विभिन्न पार्टी परित्याग गरी पर्साको कालिकामाई गाउँपालिकामा तीन सय जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
जसपा पार्टी परित्याग गरी तथा लामो समय देखि स्वतन्त्र रुपमा समाज सेवामा गर्दै आएकाहरुले आज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेलाई आउँदो स्थानीय तहमा अझै सशक्त बनाउँन आफ्नों पहल हुँने प्रतिबद्धता ब्यक्त गर्दै एमालेमा प्रवेश गरेका छन् ।
कालिकामाई गाउँपालिकामा आयोजित दीपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पोलिब्युरो सदस्य अच्युत मैनालीले नेपाली काँग्रेस र जसपा पार्टी छाटेर आउँनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मैनालीले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउँदै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए ।
माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई मापसे सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ । उनले यस कालिकामाई जस्तै देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले एमालेको सरकार पुन : नेतृत्वमा आउँने उद्घोष गरे ।
नेकपा एमाले कालिकामाईका नेता अनुप तिवारीको अध्यक्षतामा आयोजीत कार्यक्रममा नेपका एमालेका केन्द्रिय सदस्य एवं सांसद प्रभु हजारा , निर्मला देवकोटा , संविधान सभा सदस्य जयप्रकाश थारु , मधेस प्रदेशका उपाध्यक्ष विचारी यादव , पोखरीया नगरपालिकाला नगर प्रमुख प्रधुमन् चौहान , छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता , नेता जालिम मियाँ , पवन तिवारी , सोनालाल चौरसिया लगाएको सयौं नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।