वीरगन्ज । प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेका दुबै प्रतिस्पर्धी टिमले यसपटकको उपाधी जित्ने दाबि गरेका छन । शनिबार दिउँसो २ बजे हुने प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगीताको उपाधी फाईनलमा पुगेका त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले जित्ने दाबि गरेका हुन ।
शनिबार बिहान भएको फाईनल प्रतियोगीता अगावैको प्रि -पत्रकार सम्मेलनमा टिमको रणनिति अनुसार उपाधी उचाल्ने बताएका छन ।
पत्रकार सम्मेलनमा त्रिभुवन आर्मी क्लबको सहायक कोच चक्र तामाङ्गले सुरु देखि आर्मी क्लबको आक्रामक खेल्ने टिम भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने दावि गरेका हुन ।
उनले देशको विभिन्न स्थानको उपाधी आर्मी क्लबले जित्दै आएकाले त्यहि रणनिति अनुसार अगाडी बढ्ने ठोकुवा गरे ।
त्रिभुवन आर्मी क्लबका कप्तान नवयुग श्रेष्ठले पनि विगतको दिनमा पनि वीरगन्जमा भएको प्रतियोगीताको उपाधी जितेकाले यसपटक पनि नछाड्ने बताए ।
कप्तान श्रेष्ठले विपक्षी टिम पनि बलियो भएकाले हराउने रणनिति अनुसार अगाडी बढ्ने र उपाधी जित्ने बताए ।
नेपाल पुलिस क्लबका कोच चेतन श्रेष्ठले नेपालमा भएको विभिन्न प्रथम गोल्डकप प्रतियोगीताको उपाधी नेपाल पुलिस क्लबले जित्ने गरेकाले यसपटक जित्नेमा कुनै शंका नरहेको बताए ।
उनले नेपाल पुलिस क्लब विभिन्न रणनिति तयारीका साथ प्रतियोगीतामा भिड्ने भएकाले कुनै पनि हालतमा उपाधी जित्ने गरी खेल खेल्ने बताए ।
यस्तै नेपाल पुलिस क्लबका कप्तान राम वाजीले त्रिभुवन आर्मी क्लबलाई हराउन टिमको भुमिकाल भएकाले सोही अनुसार अगाडी बढ्ने ठोकुवा गरे ।
आर्मी क्लबलाई हराउन कोचले बनाएको रणनिति अनुसार आफुहरु अगाडी बढ्ने र उपाधी उचाल्ने उनले बताए ।
बुधबार भएको पहिलो सेमिफाईन खेलमा नेपाल पुलिस क्लबले आयोजक भेट्रान सिटि क्लबलाई सडेन डेथमा हराएर फाईनलमा प्रवेश गरेको हो । भने बिहिबार भएको दोस्रो सेमिफाईनमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई १–० गोलले हराएर फाईनलमा पुगेको थियो ।
मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगितामा प्रथम हुने क्लबले ११ लाख ११ हजार एक सय ११ र दोस्रो हुने क्लबले पाँच लाख ५५ हजार पाँच सय ५५ नगदसहित प्रमाणपत्र र सिल्ड पाउने छन ।